घारखोला जलविद्युत आयोजनाको विद्युतगृह पहिरोले पुरियो

Gandaki Ghumau

एक जना वेपत्ता, एक जनाको उद्दार

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत आयोजनाको विद्युतगृहमा मंगलबार बिहान पहिरोले पुरिदाँ एक जना वेपत्ता र एक जना घाइते भएका छन् ।

Gunasthariya Shiksya

विद्युतगृहका कामदार अन्नपूर्ण गाउँपालिका–६ का ५५ वर्षीय दिपक बरुवाललाई पहिरोले पुरेर वेपत्ता बनाएको र गौरीगंगा नगरपालिका ५ का ३१ वर्षीय सुरेन्द्र बि.क. घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Shreekrishna

प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, जनप्रतिनिधी र स्थानीयबासीहरुको टोलीले वेपत्ता बरुवालको खोजी गरिरहेका र वि.क.लाई घाइते अवस्थामा उद्दार तथा प्राथमिक उपचार गरि थप उपचारका लागि प्रदेश अस्पताल बेनीमा पठाइएको प्रहरी निरीक्षक सागर तिमिल्सीनाले जानकारी दिनुभयो ।

मंगलबार विद्युतगृह भन्दा माथिल्लोभागको पहाडबाट ढुंगा सहितको सुख्खा पहिरो खसेर पुरिएको थियो । पहिरोका कारण म्याग्दी हाइड्रोपावर प्रर्वद्धक रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको विद्युतगृहका उपकरणमा क्षति पुगेको र उत्पादन बन्द भएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...