बेनी बचतको साधारणसभा दुई चरणमा

Sinchai Khanipani notice

बेनी । बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औ वार्षिक साधारणसभा शुक्रबारदेखि सुरु भएको छ ।

कोरोनाको जोखिमका कारण सहकारीले २ चरणमा साधारणसभा गर्न लागेको हो । शुक्रबार महिला सेयर सदस्यहरुको उपस्थितिमा साधारणसभा गरेको सहकारीले शनिबार पुरुष सदस्यहरुलाई साधारणसभामा बोलाएको छ ।

आर्थिक वर्ष २०७६÷७७ मा एक अरब ४९ करोड ६८ लाख १६ हजार ७४७ रुपैयाँको कारोबार गरेको सहकारीले बिभिन्न शिर्षकमा २८ लाख ७१ हजार २५१ रुपैयाँ सरकारलाई कर तिरेको छ । दुई करोड ७३ लाख ६९ हजार ९०० रुपैयाँ सेयर पुजि रहेको सहकारीले ३९ करोड ४० लाख ३५ हजार १११ रुपैयाँ निक्षेप संकलन र २६ करोड ९२ लाख ७३ हजार १३३ रुपैयाँ लगानी गरेको छ ।

Shreekrishna hardwear in news

कर तिरेर ८३ लाख ५४ हजार ३६५ रुपैयाँ मुनाफा गरेको बेनी बचतले सामाजिक उत्तरदायित्व अन्तरगत बेनी नगरपालिकाको कोरोना कोषमा ५१ हजार, ज्ञानोदय माविको वौद्धिक अपाङ्ग स्रोत कक्षालाई २५ हजार रुपैयाँ सहयोग गरेको छ ।

Bhautik ministry notice about road

साधारणसभाको अवसरमा जेष्ठ सेयर सदस्य तुलसीलता श्रेष्ठ, कुलप्रसाद श्रेष्ठ, कृष्णकुमारी श्रेष्ठ, पदमकुमारी श्रेष्ठ र हिराबहादुर घिमिरेलाई सम्मान गरेको छ । ७५ वर्ष पुगेका डाक्टर भुपेन्द्रबहादुर खड्का, अंगद श्रेष्ठ, अबिरकुमार श्रेष्ठ, बेनबहादुर शाही र भेजबहादुर रावललाई बेनी बचत आजिवन साहारा कार्यक्रम अन्तरगत जेष्ठ नागरिक भत्ता उपलब्ध गराएको छ ।

एसईई परिक्षामा ३.३० जिपिए ल्याएका मन्दिप हमाल पौडेल, उत्कृष्ट कारोबारतर्फ पब्लिक भिजन केवल सहकारी संस्था र व्यक्तिगत तर्फ लक्ष्मी शाही तथा कार्यालय सहायक काजल मल्ललाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको थियो ।

संस्थाले कोरोना महामारीबाट प्रभावित आफ्ना सेयर सदस्यहरुका लागि तीन करोड ५० लाख रुपैयाँको सहुलियत ऋण कोष स्थापना गरि सहुलियत ब्याजदरमा लगानी गरेको अध्यक्ष रमेश गिरीले बताउनुभयो । संस्थामा ८९५ जना सेयर सदस्य रहेका छन् ।

सेयर सदस्य निर्मला श्रेष्ठको प्रमुख आतिथ्यता, अध्यक्ष गिरीको अध्यक्षता, संस्थाका सचिव माधवप्रसाद रेग्मीको सञ्चालन, उपाध्यक्ष सञ्जयकुमार श्रेष्ठको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले आर्थिक र लेखा समिति संयोजक याम शाक्यले लेखा समिति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...