म्याग्दीमा रातिको समयमा सवारी सञ्चालनमा रोक

Gandaki Ghumau

बेनी, । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौंको सूचनाअनुसार म्याग्दी जिल्लामा अति भारी वर्षा हुनसक्ने भन्दै ‘रेड अलर्ट’ जारी भएपछि रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बेनी–जोमसोम र बेनी–दरबाङ सडकखण्डमा असार २ गते साँझ ७ बजेदेखि असार ३ गते बिहान ४ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

Gunasthariya Shiksya

जिल्ला प्रशासन कार्यालयले उक्त निर्धारित समयमा सवारी साधन सञ्चालन नगर्न तथा नगराउन सम्बन्धित सबैमा अनुरोध गरेको छ । अति भारी वर्षाका कारण सडकमा बाढी, पहिरो तथा अन्य विपद्का घटना हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै यात्रु तथा सवारी साधनको सुरक्षाका लागि यस्तो निर्णय गरिएको हो ।

Shreekrishna

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको विशेष मौसम बुलेटिनमा मनसुन सक्रिय हुँदै गएकाले देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा वर्षाका कारण बाढी, पहिरो तथा भू–क्षयको जोखिम बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले सम्भावित विपद्बाट जोगिन सबैलाई सचेत र सुरक्षित रहन आग्रह गरेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...