मंगला र मालिकामा नेकपाको प्रचण्ड–नेपाल पक्षको अगुवा कार्यकर्ता भेला

khali

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले बिहीबार मंगला र मालिकामा पालिका स्तरीय कार्यकर्ता भेला गरेका छन् ।

मंगलाको बाबियाचौरमा जिल्ला अध्यक्ष गोबिन्द पौडेल र मालिकाको दरवाङमा जिल्ला कार्यालय सदस्य रेशम जुग्जालीको प्रमुख आतिथ्यतामा भएको भेलामा पालिका र वडा कमिटिका नेता, कार्यकर्ता र जनबर्गीय संगठनका प्रतिनिधिहरुको उपस्थिति थियो ।

भेलामा जिल्ला अध्यक्ष पौडेल, प्रदेश कमिटिका सदस्य टेकबहादुर विश्वकर्मा, जिल्ला सचिवालय सदस्य पुनम खड्का र सदस्य नारायण अधिकारीले संबिधान बिपरित ओलीले गरेको संसद बिघटन सर्वोच्च अदालतले पुनस्थापना गर्ने, निर्वाचन आयोगले प्रचण्ड–नेपाल समूहलाई पार्टीको आधिकारिक मान्यता र चुनाव चिन्ह दिने दावी गर्नुभयो ।

Shreekrishna hardwear in news
khali

यसैगरी दरवाङमा गाउँपालिका कमिटिका सचिव गोबिन सिउथानीको अध्यक्षतामा भएको भेलामा जिल्ला कार्यालय सदस्य जुग्जाली, सदस्य गौरी सेञ्चुरी लगायतले प्रधानमन्त्रीले गरेको संसद बिघटन प्रतिगामी कदम र जनमतको अपमान भएको बताउनुभयो ।

सो भेलाले प्रधानमन्त्रीको संसद बिघटन गर्ने कदमप्रति खेद व्यक्त गर्दै पार्टी एकताको माहोल बनाउन जिल्ला, प्रदेश र केन्द्रीय कमिटिलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...