
बेनी । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२÷०८३ मा बिनियोजन भएको ८५ दशमलब पाँच प्रतिशत बजेट खर्च गरेको छ ।
नगरपालिकाले बुधबार बेनीमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले प्रगति विवरण सार्वजनिक गर्नुभएको हो । उहाँका अनुसार कुल ७४ करोड ४६ लाख ३७ हजार बजेट बिनियोजन भएकोमा रु. ६३ करोड ६७ लाख २३ हजार खर्च भएको हो ।
चालु शिर्षकमा रु. ५५ करोड १९ लाख ३५ हजार बिनियोजन भएकोमा रु. ४८ करोड २२ लाख ७६ हजार अथवा ८७ दशमलब ३८ र पुजिगँत शिर्षकमा रु. १९ करोड २७ लाख दुई हजार बिनियोजन भएकोमा रु. १५ करोड ४४ लाख ४६ हजार अथवा ८० दशमलब १५ प्रतिशत खर्च भएको हो ।

रु. चार करोड ३३ लाख ५० हजार मध्य ८३ दशमलब ४७ प्रतिशत अथवा रु. तीन करोड ६१ लख ८३ हजार छ सय ८८ राजस्व संकलन भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।
पुर्वाधार शाखा मार्फत सञ्चालित योजनाहरुबाट पाँच सय २८ दशमलब आठ मिटर सडक कालोपत्र, दुई किलोमिटर आठ सय ४७ दशमलब ८५ मिटर ढलान, दुई किलोमिटर नौ सय मिटर सोलिङ र दुई किलोमिटर आठ सय ७२ मिटर नयाँ सडकको मार्ग खुलेको छ ।

छ किलोमिटर तीन सय ९९ दशमलब एक किलोमिटर पदमार्ग निर्माण, दुई सय २६ दशमलब छ घनमिटर ग्यावीयन जाली पर्खाल, नौ सय ६५ दशमलब पाँच मिटर पक्की नाली निर्माण, दुई सय ८५ दशमलब पाँच घनमिटर पक्की पर्खाल निर्माण भएको छ ।
पाँच किलोमिटर छ सय ७९ मिटर सिचाई र दश किलोमिटर सात सय ९० मिटर खानेपानी पाइपलाईन विस्तार, नदी नियन्त्रणका लागि दुई सय २१ घनमिटर ग्यावीयन जाली पर्खाल र पाँच वटा विद्यालय भवन निर्माण भएका छ् ।
१३ वटा विपन्न नागरिकको आवास निर्माण भएको छ । न्यायिक समितिमा अघिल्लो आर्थिक वर्षमा जिम्मेवारी सरेर आएका तीन वटा सहित २२ वटा उजुरी दर्ता भएकोमा २० वटा फरस्यौट र दुई वटा आगामी आर्थिक वर्षलाई जिम्मेवारी सरेका जानकारी गराइएको थियो ।
नगरपालिकाको ‘उत्पादनका आधारमा प्रोत्साहन’ कार्यक्रम मार्फत एक सय १६ जना किसानहरुलाई रु. २५ लाख ६९ हजार नौ सय ८३ अनुदान वितरण गरेको छ । ५९ जना तरकारी खेती गरेका किसानलाई रु. १३ लाख ४९ हजार नौ सय ८३, ३८ जना बाख्रा तथा २८ जना गाईभैसीपालक किसानलाई रु. १२ लाख २० हजार अनुदान वितरण गरिएको हो ।
कार्यक्रममा बेनी बजारबासीहरुले बेनी बजारको छेउमा कालीगण्डकी किनारमा निर्माण भएको सडकको डिलमा पदमार्ग र तारबार गर्ने योजनालाई पूर्णता दिन, नाली सरसफाई, कुकुर ब्यवस्थापन, गौरवका आयोजनाहरु कार्यान्वयनमा तिब्रता दिन सुझाव दिएका थिए ।
नगर प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने, प्रमुख प्रशासकीय अधिकृत शर्मा र वडा नम्बर ७ का अध्यक्ष तथा कार्यपालिकाका प्रवक्ता रमेशकुमार श्रेष्ठले सहभागीले उठाएका सवालको जवाफ दिनुभएको थियो ।

