प्रभुचेलामा पाथीभारा माताको मुर्ती

Gandaki Ghumau

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा पाथीभरा माताको प्राण प्रतिष्ठा गरिएको छ ।

ध्यान केन्द्र सञ्चालनका लागि धमाधम पूर्वाधार विस्तार भइरहेको प्रभु चेलामा तीन दिवसीय यज्ञ हवन पाठद्वारा भौतिक रुपमा ताप्लेजुङमा रहेको पाथिभरा मन्दिर पुग्न नसक्ने भक्तजनलाई लक्षित गरी पाथिभरा माताको दर्शन गराउने उदेश्यले पाथिभरा माताको प्राण प्रतिष्ठा गरिएको हो । पाथीभरा माताको शाखा निर्माणका निर्माणदाता डा विपी तिमिल्सिनाको आर्थिक सहयोगमा मुर्तिको प्राण प्रतिष्ठा गरिएको प्रभुचेला धुरी ध्यानाश्रम समितिका अध्यक्ष टीकाबहादुर जुग्जाली (नवीन)ले बताउनुभयो ।

‘अब पाथिभाराको दर्शनका लागि प्रभुचेला धुरीमा पुगे हुन्छ, थप भौतिक संरचनासहित भक्तजनलाई सजिलो बनाउँदैछौ’ अध्यक्ष जुग्जालीले भन्नुभयो । डा विपी तिमिल्सिना संरक्षक रहेको समितिमार्फत दस लाख बराबरको रकममा निर्मित पञ्च धातुद्वारा जडित पाथीभरा माताको मूर्ति र छाता स्वर्ण रंगमामा तयार भएको छ भने पन्ध्र लाख बढीको रकममा माता जीको आसन एवं परिसर निर्माणका कार्य धमाधम भइरहेको अध्यक्ष जुग्जालीले बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

शीरमा प्रसिद्ध धार्मिकस्थल मालिकाधुरी रहेको प्रभुचेलालाई धार्मिक पर्यटकीय गतन्तव्यको केन्द्र बनाउन स्वर्गाद्धारीको शाखाआश्रममार्फत समेत काम भइरहेको छ । परापूर्वकालमा ऋषिमुनीहरूले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रभुचेलालाई तनाव व्यवस्थापन, मानसिक र शारीरिक स्वास्थ्यका लागि उपयोगी ध्यानस्थलका रूपमा विकास गर्न पूर्वाधार निर्माणले आर्कषक बनेको छ ।

आश्रयस्थल भवन, सार्वजनिक शौचालय, हवन कुण्ड, पदमार्ग र घेराबार तथा समुदायले चन्दा सङ्कलनबाट जुटाएर तपस्यास्थलका लागि स्थानीय काठ, ढुङ्गा र माटोको प्रयोग गरी मौलिक गोलघर निर्माण भएको छ । विभिन्न दाताले व्यक्तिगत लगानीमा परापूर्वकालमा ऋषिमुनीहरूले प्रयोग गरेको कुटी, हवन कुण्ड र साधनास्थलको संरक्षणसहित मन्दिर र खानेपानी निर्माण गरेका छन् ।

मन्दिरका लागि प्रवासमा रहेर विम समाजले आर्थिक सहयोग जुटाइरहेको छ । स्वर्गद्वारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले विसं १९७० देखि १९७५ सम्म यही ठाउँमा तपस्या गरेका थिए । कपिलानन्द स्वामीले तपस्या गर्ने क्रममा बनाएको कुटी, साधनास्थल र हवन कुण्डको भग्नावशेष अझै छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...