भारवाङमा जलविद्युत आयोजनाले मकिङ र माटो ब्यवस्थापनमा ध्यान नदिदाँ कटान, बाढी र पहिरो सिर्जना भएको जनगुनासो

Gandaki Ghumau

बेनी, ः धवलागिरी गाउँपालिका–७ स्यानखण्डमा म्याग्दी नदीको कटान र पहिरोको समस्या सिर्जना भएको छ ।

५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत आयोजनाको विद्युतगृह निर्माणस्थलबाट निकालिएको माटो म्याग्दी नदी किनारमा थुपार्दा स्यानखण्डमा रहेको बगैचा र पाखोबारीमा क्षति पुगेको हो । म्याग्दी नदीको दायाँ किनारमा रहेको विद्युतगृह निर्माण स्थल भारवाङ मालिका गाउँपालिकाको ७ नम्बर वडाको भूगोलमा पर्छ ।

जलविद्युत आयोजनाले जथाभावी रुपमा माटो र ‘मकिङ’ (सुरुङबाट निस्कीएको गेगर) थुपारेका कारण म्याग्दी नदील धार परिवर्तन गरेर बाँयातर्फ रहेको १८ रोपनी जग्गा पहिरो र कटानको चपेटामा परेको जग्गाधनी गजबहादुर थापा (रत्न)ले गुनासो गर्नुभयो ।

Shreekrishna

“जलविद्युत आयोजनाले पुर्व सहमति र अनुमति बिनै नदी किनारमा माटो र मकिङ थुपारिदिदाँ केराको बगैचा सहितको पाखोबारी पहिरोले बगाउनुका साथै बाँकी रहेको जमिन पनि छियाछिया बनाएर प्रयोग गर्न नमिल्ने बनाएको छ,” उहाँले भन्नुभयो “एक वर्षयता आयोजनालाई जथाभावी माटो नफाल्न अनुरोध गरेपनि वेवास्ता गरेकाले बर्खा यामसँगै म्याग्दी नदीमा बाढीको सतह बढ्न थालेपछि पहिरो र कटानको समस्या सिर्जना भएको हो ।”

जगबहादुर र यामबहादुर थापाको व्यक्तिगत जग्गामा रहेको केरा बगैचा र उत्तिसको निजी बन म्याग्दी नदीले कटान गरेर बगाईसकेको छ । भारवाङका बासिन्दा थमन जुग्जालीले जलविद्युत आयोजनाले वातावरणीय पक्षलाई वेवास्ता गर्दै नदीमा माटो, मकिङ थुपार्ने र बगाउने गरेकाले बाढीको आयटन बढेर तटीय क्षेत्रमा कटानको जोखिम बढाएको बताउनुभयो ।

“आयोजना निर्माण स्थलबाट निस्कीएको माटो र मकिङलाई सुरक्षित रुपमा ब्यवस्थापन गर्नुपर्ने वातावरणीय अध्ययन प्रतिवेदनको शर्तहरु पालना भएको छैन,” उहाँले भन्नुभयो “सुरुङबाट निस्कीएको बारुद मिसिएको मकिङका कारण म्याग्दी नदीमा माछा लगायत जलचर संकटमा परेका छन् ।”

भारवाङका दलबहादुर जुग्जालीले सुरुङ र पहुँचमार्गबाट आउने लेदो सहितको पानी बारीमा पसेर खेतीबाली नष्ट भएको गुनासो गर्नुभयो । वातावरणीय र सामाजिक असर न्युनीकरण, पहुँचमार्ग स्तरोन्नति, धुलो र हिलोको समस्या समाधान गर्न आयोजनालाई ध्यानाकर्षण गराएपनि सुनुवाई र सम्बोधन गर्न बेवास्ता गरेको स्थानीयबासीले बताएका छन् ।

Gunasthariya Shiksya

कटानको जोखिम भएको ठाउँमा संरक्षण र क्षति भएको जग्गाको क्षतिपुर्ति दिने नीति अनुसार जग्गाधनीसँग सहमतिको प्रयास गरिएको आयोजना प्रमुख ज्योतीकुमार केसीले बताउनुभयो । “आयोजना निर्माण स्थल नजिकै भएका कारणले हाम्रो कारणले असर परेको स्विकार गरेका छौ तर सबै क्षति हाम्रो मात्रै कारणले भएको होइन,” उहाँले भन्नुभयो “आयोजनाको कारणले व्यक्तिगत र सार्वजनिक सम्पत्तिमा हानी नपुगोस भन्नेमा संवेदनशिल छौ ।”

क्षतिपुगेको जग्गाको विषयमा विभिन्न विकल्पमा छलफल र सहमतिको प्रयास जारी रहेको आयोजना प्रमुख केसीले बताउनुभयो । आयोजनाको प्रर्वद्धक कम्पनी अपर म्याग्दी हाइड्रोपावरका बरिष्ठ सामाजिक सुरक्षा प्रबन्धक सुरेश घलेले वातावरणीय असर न्युनीकरणका उपाय अपनाउनका लागि निर्माण कम्पनीलाई सचेत बनाएको र सामाजिक उत्तरदायित्वका कार्यक्रम मार्फत स्थानीयका मुद्दा सम्बोधनका लागि कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँका अनुसार स्थानीय तहको सिफारिस र समन्वयमा कार्यान्वयन हुने सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि रु. छ करोड २० लाख बजेट बिनियोजन भएको छ ।

अन्य आयोजनाहरु पनि रहेकाले नदीमा बाढीको आयत बढ्नुमा अपर म्याग्दी–१ मात्र जिम्मेवार नभएको बताउदै घलेले सडक मर्मत, धुलो र हिलो ब्यवस्थापनका काममा अन्य आयोजनाहरुसँग समन्वय तथा साझेदारी गर्नुपर्ने भएकाले समस्या भएको प्रतिक्रिया दिनुभयो ।

वि.स. २०८३ फागुन भित्र विद्युत उत्पादन शुरु गर्ने लक्ष्य राखेको आयोजनाको सिभिल ठेकेदार लुना विल्डर्स एण्ड कन्ट्याक्टरले २०८१ जेठ ८ गते परिचालित भएको थियो । धवलागिरी गाउँपालिका–४ खाम्लामा म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण भएरहेको छ ।

बाँध निर्माण स्थल नजिकै एक सय मिटर लामो र १५ मिटर अग्लो तीन वटा पानी थिग्राउने पोखरी निर्माणाधिन छ । रन अफ द रिभर प्रकृतिको आयोजनाको आउटलेट देखि विद्युतगृहको उचाई एक सय ९६ मिटर रहेको छ । आउटलेटबाट पानीलाई विद्युतगृहमा खसाल्न छ सय ९२ मिटर पेनस्टक पाइप जडान गरिनेछ ।

उर्जा इन्जिनियरीङ् एण्ड म्यानेजमेन्ट सोलुुसन प्रा.ली. परामर्शदाता रहेको यस आयोजनाको प्रर्वद्धक कम्पनी उर्जा डेभलपर्स प्रा.ली.मा आवद्ध छ । विद्युतगृहतदेखि मालिका गाउँपालिका–७ डाडाखेतमा निर्माणाधिन एक सय ३२ केभी क्षमताको सवस्टेशन जोड्ने एक सय ३२ केभी क्षमताको एक दशमलब पाँच किलोमिटर प्रशारण लाइनको अध्ययन भइरहेको छ ।

सानीमा बैङ्कको नेतृत्वमा छ वटा बैङ्कको ऋण, प्रर्वद्धक कम्पनी र सर्वसाधारणको शेयर मार्फत जुटाइने रु. ११ अर्ब २३ करोड २७ लाख छ हजारको लगानीमा निर्माण हुने आयोजनाको विद्युतगृह मालिका गाउँपालिका–७ भारवाङमा रहनेछ् । यस आयोजनाबाट वार्षिक औसत तीन सय १५ दशमलव ०१ गिगावाट घण्टा विद्युत केन्द्रिय लाइनमा जोडिनेछ् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...