रुप्से बचतको अध्यक्षमा आत्मा तुलाचन

Gandaki Pardesh notice

भुरुङ्ग तातोपानी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको रुप्से बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा आत्मा तुलाचन निर्वाचित हुनुभएको छ ।

भुरुङ्ग–तातोपानीमा बिहीबार सम्पन्न बाहै साधारणसभा तथा चौथो अधिवेशनबाट कार्यसमितिको उपाध्यक्षमा दशरथ कर्माचार्य, सचिबमा श्यामबहादुर रानामगर, कोषाध्यक्षमा चित्रबहादुर तिलिजा र सहसचिवमा कमला नेपाली चयन हुनुभएको छ ।

Bhautik ministry notice about road

१ सदस्य पछि मनोनित गर्ने गरि चयन भएको कार्यसमितिको अन्य सदस्यहरुमा कृष्णबहादुर तिलिजा, यामप्रसाद पुर्जा, लट्टे गिरी, तारादेवी रन्तिजा र अमित गर्बुजा निर्वाचित हुनुभएको छ ।

Shreekrishna hardwear in news

संस्थाका निवर्तमान अध्यक्ष तेज गुरुङको अध्यक्षता, दशरथ कुमार कर्माचार्यको सञ्चालन र संस्थापक अध्यक्ष ठगराज पुन (प्रदिप)को प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...