दाङखोला क्षेत्रको घुम्ती सडकमा गुडिरहेको जिपमाथि अर्को जिप खसेर ठोक्कीदा नौ जना घाइते

Gandaki Ghumau

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–७ दाङखोला क्षेत्रको घुम्ती सडकमा बुधबार गुडिरहेको एउटा जिपमाथी अर्को जिप खसेर ठोक्कीदा नौ जना घाइते भएका छन् ।

ताकम देखि दरवाङ जादै गरेको बि.ए.७७९५ नम्बरको जिप पल्टिएर एक घुम्ती मुनी गुडिरहेको ग ३ च ३३१४ नम्बरको अर्को जिपमाथी खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Gunasthariya Shiksya

ग ३ च ३३१४ नम्बरको बोलेको जिपका चालक पर्वतको जलजला गाउँपालिका–८ का अनिल नेपाली र बि.ए.७७९५ नम्बरको जिपका चालक धवलागिरी गाउँपालिका–३ मुनाका २७ वर्षीय धु्रब पुन लगायतका घाइतेहरुलाई उद्दार गरेर उपचारका लागि दरवाङ आधारभूत अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सीनाले बताउनुभयो ।

Shreekrishna

धवलागिरी गाउँपालिका–७ का १७ वर्षीया रबिना सिर्पाली, ७४ वर्षीय सुनबिर रसाइली, ७८ वर्षीय ख्याउटी रसाइली, ४० वर्षीया धनाकुमारी सुनार, ६३ वर्षिय दलबहादुर सुनार, २६ वर्षीय कल्पना सुनार र रोल्पाको थवाङ–५ का ५२ वर्षीय भिमसेन पुनको पनि दरवाङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था मध्यम रहेको प्रहरी निरीक्षक तिमिल्सीनाले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...