तुँदी पावरले सेयर जारी गर्ने

Gandaki Ghumau

बेनी ः म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माण भएको अपर राहुघाट र चिमखोला–राहुघाट–मंगले जलविद्युत आयोजनाको प्रर्वद्धक कम्पनी तुँदी पावर कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । रु. एक सय अंकित दरको एक करोड कित्ता साधारण सेयर जारी हुन लागेको तुँदी पावरले प्रेस विज्ञिप्त मार्फत जनाएको छ । प्रभावित क्षेत्रका बासिन्दालाई १० प्रतिशत अग्राधिकार सेयर दिइने ब्यवस्था छ ।

Gunasthariya Shiksya

श्रम स्विकृत प्राप्त गरि वैदेशिक रोजगारमा रहेको नेपाली नागरिक, कर्मचारी, सामूहिक लगानी कोषका योजनाहरु सहित सर्वसाधारणहरुमा सेयर निस्काशन गरिने भएको छ । उक्त सम्झौतापत्रमा तुँदी पावर कम्पनी लिमिटेडका तर्फबाट महाप्रबन्धक इन्द्र प्रसाद ढकाल तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गर्नुभएको छ ।

Shreekrishna

सबै प्रक्रिया पुरा गरेर सेयर जारी गर्न एक बर्ष लाग्ने जनाइएको छ । तुँदी पावर कम्पनी लिमिटेडले म्याग्दी जिल्लामा अवस्थित रहुगंगा नदीको पानी सदुपयोग गरि चिमखोला राहुघाट मंगले (३५.५ मे.वा.) र माथिल्लो राहुघाट (४८.५ मे.वा.) जलविद्युत आयोजनाहरु निर्माण गरी मिति २०८२ साउन २० बाट व्यवसायिक विद्युत उत्पादन गरी आयोजनाहरु सञ्चालनमा रहेको छ ।

यस आयोजनाहरुबाट उत्पादित विद्युत राहुघाट जलविद्युत आयोजनाको सबस्टेशनमा जडान गरि बिक्री कार्य भईरहेको कम्पनीले जनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...