धान दिवसका अवसरमा म्याग्दीका चार जना कृषक पुरस्कृत

Gandaki Ghumau

बेनी १५ असार ः २३ औ राष्ट्रिय धान दिवस २०८३ को अवसरमा सोमबार म्याग्दीका उत्कृष्ट चार जना कृषकहरुलाई पुरस्कृत गरिएको छ ।

कृषि विकास कार्यालय, म्याग्दीले बेनीमा आयोजना गरेको कार्यक्रममा रघुगंगा गाउँपालिका–२ का नौबहादुर के.सी., बेनी नगरपालिका–३ भकिम्लीका लालबहादुर पुन, बेनपा–१ रत्नेचौरका उमादेवी उपाध्याय र बेनपा–४ सुर्केमेलाका डिलबहादुर खत्रीलाई पुरस्कृत गरिएको हो ।

Gunasthariya Shiksya

सिरबारी कृषि फर्मका सञ्चालक केसीले केरा र मैरीपालन तथा सचिन्द्र कृषि तथा पशुपंक्षी फार्मका पुनले किवी र खुर्सानी खेती गर्नुभएको छ । कृष्ण पशुपंक्षी फार्मका उपाध्यायले भैसीपालन र केसी बहुउद्देश्यीय कृषि फर्मका डिलबहादुर खत्रीले मौरीपालनका साथै सुन्तला खेती गर्नुभएको छ ।

Shreekrishna

व्यवसायिक कृषि पेशामा आवद्ध चार जना कृषकहरुलाई प्रोत्साहनका लागि नगद रु. १०÷१० हजार सहित पुरस्कृत र सम्मान गरेको कृषि विकास कार्यालय, म्याग्दीका प्रमुख सञ्जिव बास्तोलाले जानकारी दिनुभयो । कार्यालय प्रमुख बास्तोला, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत बिक्रम बस्याल र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रतिनिधी सुवास रेग्मीले पुरस्कार वितरण गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...