जलजलाको फलामेडाडामा सामुदायिक स्वास्थ्य इकाइ

Sinchai Khanipani notice

बेनी । जलजला गाउँपालिका–५ फलामेडाडामा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको छ ।

वडा स्तरको स्वास्थ्य चौकीबाट सेवा लिन अपायक पर्ने दुर्गम बस्तीका बासिन्दामा आधारभूत स्वास्थ्य सेवाको पहुँच बढाउन जलजला गाउँपालिकाले इकाई स्थापना गरेको हो ।

फलामेडाडामा स्वर्गीय बहुमति पुनको स्मृतिमा उहाँका परिवारले निर्माण गरेको खोप केन्द्रको भवनमा स्थापना भएको इकाइको बुधबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले उद्घाटन गर्नुभयो ।

Shreekrishna hardwear in news

सो इकाईबाट साबिक लेकफाँट गाबिसको ४ वटा वडामा पर्ने कुवापानी, लोप्रे, डाडाकटेरी, बनबढेका करिब दुई सय घरधुरी लाभान्वित भएका स्थानीय पुर्ख पुर्जाले बताउनुभयो । यहाँका बासिन्दाहरुलाई गिद्धेश्वरमा रहेका स्वास्थ्य चौकीमा पुग्न र फर्कन दुई घण्टा भन्दा बढी समय लाग्ने गरेको थियो ।

Bhautik ministry notice about road

एक जना अहेवको दरबन्दी भएको इकाईबाट स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी बितरणको सुबिधा दिइने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राजु बोहोराले जानकारी दिनुभयो ।

स्वर्गीय बहुमति पुनको नाममा निर्माण भएको भवन प्रयोग भएकाले इकाइको नाम बहुमति सामुदायिक स्वास्थ्य इकाई नामाकरण गरिएको छ । स्वास्थ्य कार्यालय पर्वतको दुई लाख र बहुमतिका परिवारको १९ लाख २५ हजार रुपैयाँ लागतमा फलामेडाडामा दुई कोठे खोप केन्द्रको भवनका साथै पाहुना घर निर्माण भएको थियो ।

स्वास्थ्य इकाईको उद्घाटन कार्यक्रममा वडा अध्यक्ष तिलक जिसी, गाउँ कार्यपालिकाको सामाजिक बिकास समितिका संयोजक गोबिन्द खत्री, लेखा अधिकृत तेजु सुनार,गाउँपालिका अध्यक्षका सल्लाहकार याम शर्मा, लगायत जनप्रतिनिधहरुको उपस्थिति थियो ।

जलजला गाउँपालिकाले यस वर्ष वडा न. २ माझफाँट र वडा न. ८ फर्सेमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिरहेको छ । वडा न. ४ फट्केढुङ्गामा केन्द्र स्थापनाको तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...