जमुना आचार्य जलजलाको सर्वोकृष्ट उद्यमी

Gandaki Ghumau

लामाखेत, । मोहनचोकमा रहेको टपरी एग्रोका प्रबन्ध सञ्चालक जमुना आचार्यले जलजला गाउँपालिकाको सर्वोकृष्ण उद्यमीको उपाधी सहित पुरस्कृत हुनुभएको छ ।

गण्डकी प्रदेश सरकार उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालित वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन कार्यक्रम अन्तर्गत आचार्यलाई सर्वोकृष्ट उद्यमी घोषणा र पुरस्कृत गरिएको हो ।

गत माघ महिनामा छनौट भएका उत्कृष्ट १० उद्यमीहरुबीच शुक्रबार लामाखेत स्थित गाउँपालिकाको कार्यालयमा भएको लगानी प्रस्तुतिमा सबैभन्दा बढी अंक प्राप्त गर्नुभएकी आचार्यलाई सर्वोकृष्ट उद्यमी घोषणा गरि नगद रु. एक लाख ५० हजार पुरस्कार प्रदान गरिएको हो ।
बच्चा अवस्थामा देब्रे हात गुमाएकी आचार्यको अगुवाईमा जलजला गाउँपालिका–४ मोहनचोकमा सामुहिक रुपमा स्थानीय कृषि, पशुजन्य उत्पादनको संकलन, प्रसोधन र बजारीकरणका लागि टपरी एग्रो सञ्चालन भएको छ । मूल्याङ्कन समितिको सिफारिस अनुसार आचार्यको लगानी सम्बन्धी प्रस्तुतीलाई सर्वोकृष्ट छनौट गरिएको दायित्व संस्थाका गण्डकी प्रदेश प्रमुख बिजय जिसीले जानकारी दिनुभयो ।

Shreekrishna

प्रस्तुतिमा भाग लिएका अन्य नौ जना उद्यमीहरुलाई उत्कृष्ट घोषणा गरि नगद रु. एक लाख सहित सम्मान र पुरस्कृत गरिएको छ । जलजलाका नौ वटै वडाबाट एक सय ५४ जना उद्यमीहरुले आवेदन दिएकोमध्ये उद्यमीको उदेश्य, सोच, वित्तिय अवस्था, नवप्रवद्र्धन, उद्यमको वर्तमान अवस्था लगायतको सूचकका आधारमा पहिलो चरणमा चालिस जना उद्यमी छनौट गरिएको थियो ।

Gunasthariya Shiksya

४० जनालाई तालिम दिएर व्यावसायिक योजना तयार गर्न लगाएर दोस्रो चरणमा २० जना उत्कृष्ट उद्यमी छनौट गरीएको थियो । यस कार्यक्रम मार्फत गत आ.व. २०८१÷२०८२ मा उत्कृष्ट २० मा छनौट भएका उद्यमीहरुलाई न्युनतम रु ५० हजार बराबरको प्रविधि खरिदका लागि जनही नगद रु २५ हजार पुरक अनुदान प्रदान गरिएको दायित्व संस्थाका जलजला फिल्ड अधिकृत विश्वनाथ आचार्यले बताउनुभयो ।

“४० जना भित्र परेका तर उत्कृष्ट २० बाट बाहिरिएका २० जना उध्यमिलाई रु. ३४ हजार बराबरको प्रबिधि खरिदका लागि जनही नगद रु २० हजार बराबरको पुरक अनुदान प्रदान गरिएको थियो,” उहाँले भन्नुभयो “उद्यमको स्थलगत अनुगमनतर्फ ७५ प्रतिशत र एसएमएस भोटिङतर्फ २५ प्रतिशतको मुल्याङ्कनबाट गत माघ महिनामा १० जनालाई छनौट गरि प्रविधि खरिदका लागि जनही नगद रु. एक लाख अनुदान उपलब्ध गराइएको थियो ।”

उत्कृष्ट १० मा छनौट भएका टपरी एग्रोका आचार्यसँगै जलजला कृषि तथा पशुपंक्षी फर्मकी शुभकुमारी कार्की, अभिषेक तरकारी तथा पशुपंक्षी फर्मकी सावित्री खत्री, थापा लोकल मार्टकी कमला बानियाँ थापा, मल्ल ढाका उद्योगकी उषा मल्ल, गोमा गाइभैँसी फर्मका तोपबहादुर क्षेत्री, पाईजा अर्गानिक फलफुल तथा पशुपंक्षी फर्मकी बसन्ती पाईजा, पाईजा नर्सरी फर्मका नरबहादुर पाईजा, राधादेवी पशुपंक्षी तथा कृषि फर्मकी राधिका भुसाल र श्रीहरि सुन्तला बगैँचा तथा पशुपंक्षी फर्मकी ताराकुमारी रेग्मीले उद्यमको सुरुवातको इतिहाँस, चुनौति, सफलता, अनुभव र भावी योजना प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य, उद्योग तथा पर्यटन मन्त्रालयका प्रशासकीय अधिकृत अशोककुमार नेपाली, जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम, दायित्वका प्रदेश प्रमुख जिसीले सम्मान र पुरस्कार वितरण गर्नुभएको थियो । उपाध्यक्ष आचार्यले उद्यमीहरुको प्रोत्साहन, बजारमा सन्जालिकरण, उद्यममा नवप्रर्वद्धन र व्यावसायिकता बढाउन वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन कार्यक्रम प्रभावकारी बनेको बताउनुभयो ।
मन्त्रालयका प्रशासकीय अधिकृत नेपालीले नमुनाका रुपमा गण्डकी प्रदेशका पाँच वटा स्थानीय तहमा पछिल्लो दुई वटा आर्थिक वर्षमा सञ्चालन भएको कार्यक्रमको उपलब्धी मूल्याङ्कन प्रतिवेदनको आधारमा विस्तार र निरन्तरता दिइने बताउनुभयो । जलजलाका प्रमुख प्रशासकीय अधिकृत गौतमले स्थानीय स्रोत र साधनमा आधारित उद्यमशिलताबाट आत्मनिर्भर भएका महिला उद्यमीहरु उदाहरण बनेका बताउनुभयो ।

मन्त्रालयका अधिकृत गोविन्द रिजाल र नेपाल इन्भेष्टमेन्ट बैंक जलजला शाखाका प्रमुख दिनेश रेग्मी, जलजला गाउँपालिकाका लघुउद्यम विकास सहजकर्ता संगिता अधिकारी खत्रीले वृद्धिमुखी तथा रोजगारी प्रर्वद्धन कार्यक्रमले उद्यमीहरुलाई ब्यवसाय गर्न नयाँ सोचको विकास र बजारीकरणको शैलीमा परिवर्तन ल्याएको बताउनुभयो ।

यस कार्यक्रमले उद्यमीहरुलाई उद्यमको योजना निर्माण, उद्यमीहरुलाई बृद्धिमुखी योजना सम्बन्धि तालिम दिने, नवप्रवद्र्धन सम्बन्धी प्रविधि सहयोगमा सहयोग गरेको छ । जलजलामा प्रदेश सरकारको रु ४० लाख, पालिकाको रु २० लाख र र दायित्व संस्थाको रु १५ लाख बजेटबाट सञ्चालित यस कार्यक्रमले पालिकामा उद्यम प्रवद्र्धन र रोजगारी सिर्जनमा टेवा पु¥याउने अपेक्षा गरिएको छ । कार्यक्रम जलजलासंगै बागलुङको बडीगाड गाउँपालिका, गोरखाको सिरानचोक गाउँपालिका, तनहुको म्याग्दे गाउँपालिका, नवलपुरको हुक्सेकोट गाउँपालिकामा पनि सन्चालित छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...