बरंजामा ककुरले बाख्रा मार्ने र घाइते बनाउन थालेपछि स्थानीय आतंकित

Gandaki Ghumau

बेनी, म्याग्दीको मंगला गाउँपालिका–३ बरंजामा सामुदायिक कुकुरले टोकेर बाख्रा मारिदिन थालेपछि स्थानीयबासी त्रसित भएका छन् ।

पछिल्लो १० दिनयता बरंजामा कुकुरले टोकेर तीन वटा बाख्रा मरेका र छ वटा घाइते भएका छन् । दैनिकजसो कुकुरले टोकेर बाख्रा मार्ने र घाइते बनाउन थालेको मंगला गाउँपालिका–३ का कार्यवाहक वडा अध्यक्ष भेषकुमारी पुनले जानकारी दिनुभयो ।

Gunasthariya Shiksya

“पिङ्गे, खर्क, आलडाडा, बाहुनपधेरा, वडा कार्यालय, खर्सुपानी क्षेत्रमा सामुदायिक कुकरले आतंक सिर्जना गरेको हो,” उहाँले भन्नुभयो “आतंक फैलाउने कुकुर पहिचान गरि नियन्त्रणका लागि गाउँपालिका र सिंगा तातोपानी प्रहरी चौकीको सहयोग मागेका छौ ।”

Shreekrishna

वडा कार्यालयमा रहेका पशु स्वास्थ्य प्राविधिकलाई कुकुरले टोकेर घाइते भएका बाख्राको उपचारका लागि भ्याई नभ्याई भएको कार्यवाहक वडा अध्यक्ष पुनले बताउनुभयो । पिङ्गेका टेकबहादुर थापाका दुई वटा र भिमबहादुर रोकाको एक वटा बाख्रा कुकुरले टोकेर मारिदिएको छ ।
वडा अध्यक्ष पुनका अनुसार खर्सुपानीमा दुई वटा, खर्कमा दुई वटा, वडा कार्यालय नजिकै एक वटा र बाहुनपधेरामा एक वटा बाख्रा कुकुरले टोकेर घाइते भएका छन् । स्थानीय कृषक गंगाधर आचार्यका अनुसार तीन वटा कुकुर घरमा किसानहरु नभएको मौका छोपेर गोठमा आउने गरेका छन् ।

कुकुर आतंकका कारण बरंजाबासीमा त्रास सिर्जना भएको स्थानीय महेन्द्ररत्न माविका प्रअ कृष्णलाल सापकोटाले बताउनुभयो । बरंजाका सबै टोलमा सार्वजनिक सूचना जारी गरेर घरपालुवा कुकुरलाई सम्बन्धित घरधनीले बाँधेर राख्ने र झारा लगाएर खोजी आतंक फैलाउने कुकुरलाई नियन्त्रणमा लिन गाउँपालिका र सुरक्षा निकायसँग सहयोग मागिएको कार्यवाहक वडा अध्यक्ष पुनले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...