अन्नपूर्णको ६१ करोड १४ लाखको बजेट पारित

Gandaki Ghumau

शिक्षा, कृषि, पर्यटन, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता

पोखरेबगर १० असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि रु. ६१ करोड १४ लाख ६९ हजारको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ ।

गाउँपालिकाको केन्द्र पोखरेबगरमा बुधबार सम्पन्न गाउँसभाको २३औँ अधिवेशनबाट पारित बजेटले शैक्षिक सुधार, कृषि व्यवसायीकरण, पर्यटन प्रवद्र्धन, स्वास्थ्य सेवामा पहुँच विस्तार, आर्थिक तथा सामाजिक विकास, पूर्वाधार निर्माण, वातावरण संरक्षण र प्रविधिमैत्री सुशासनलाई मुख्य प्राथमिकतामा राखेको गाउँपालिकाले जनाएको छ ।

Shreekrishna

गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनद्वारा जारी प्रेस नोटअनुसार कुल विनियोजित बजेटमध्ये चालुतर्फ रु. ४५ करोड ८६ लाख ०२ हजार अर्थात् ७५ प्रतिशत र पुँजीगततर्फ रु. १५ करोड २८ लाख ६७ हजार अर्थात् २५ प्रतिशत बजेट छुट्याइएको छ ।

Gunasthariya Shiksya

क्षेत्रगत रूपमा विषयगत शाखाहरूबाट प्रस्ताव गरिएका कार्यक्रम तथा योजनाका लागि रु. ५ करोड ४४ लाख ६७ हजार विनियोजन गरिएको छ । त्यस्तै गाउँपालिकाको प्रशासनिक खर्च, कार्यक्रम तथा योजना कार्यान्वयनका लागि रु. २३ करोड ११ लाख ४० हजार र वडा कार्यालयहरूबाट प्राप्त सिफारिसका आधारमा सञ्चालन गरिने विकास कार्यक्रम तथा योजनाका लागि रु. ८ करोड ३६ लाख बजेट व्यवस्था गरिएको छ ।

आयतर्फ संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान र राजस्व बाँडफाँडमार्फत रु. ५२ करोड ९८ लाख ५६ हजार प्राप्त हुने अनुमान गरिएको छ । प्रदेश सरकारबाट अनुदान तथा राजस्व बाँडफाँड मार्फत रु. २० करोड ४२ लाख ६ हजार, गाउँपालिकाको आन्तरिक आयबाट रु. २ करोड ५० लाख तथा बैंक मौज्दातबाट रु. नौ करोड १२ लाख ९० हजार परिचालन गरिने उपाध्यक्ष दिवा तिलिजा पुनले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्ष २०८२÷०८३ को जेठ मसान्तसम्म कुल विनियोजित बजेटमध्ये रु. ३० करोड १७ लाख ३६ हजार अर्थात् ४९.१४ प्रतिशत खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले जानकारी दिनुभयो । यसमध्ये चालु खर्च रु. २२ करोड ५२ लाख ७५ हजार अर्थात् ५९.६८ प्रतिशत र पुँजीगत खर्च रु. ७ करोड ६४ लाख ६१ हजार अर्थात् ३२.३२ प्रतिशत रहेको छ।

गाउँपालिकाले बजेट निर्माण प्रक्रियामा रचनात्मक सुझाव प्रदान गर्ने जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज र सञ्चारकर्मीप्रति धन्यवाद व्यक्त गर्दै “समृद्ध र समुन्नत अन्नपूर्ण” निर्माणको अभियानमा सबै अन्नपूर्णवासीको सक्रिय सहभागिताको अपेक्षा गरेको छ ।

अन्नपूर्ण गाउँपालिकाले “समृद्ध अन्नपूर्ण निर्माणको आधारः दिगो कृषि, पर्यटन, ऊर्जा र उत्थानशील पूर्वाधार” भन्ने दीर्घकालीन सोचअनुसार आगामी वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयन गर्ने जनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...