मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

Gandaki Ghumau

म्याग्दी, ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा पक्की सडक निर्माण भएको छ ।
रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट देखि दग्नाम–दर्मीजा– चिमखोला– घ्यासीखर्क जोड्ने सडकको औरी, बुग्ल र दग्नाम खण्डमा ढलान गरेर पक्की बनाइएको हो ।

रघुगङ्गा गाउँपालिका–४ का वडा अध्यक्ष पविन गर्बुजाले यसअघि कच्चि अवस्थामा रहेको ग्र्रेड र घुम्ती नमिलेको सडकलाई फराकिलो पार्ने, नाली र पर्खाल बनाएर ढलान गरिएको जानकारी दिनुभयो ।

“दग्नाममा वि.स. २०७४ मा सडकले जोडिएपछि चालु आर्थिक बर्षमा संघीय सरकारबाट हालसम्मकै बढी रु. तीन करोड बजेट बिनियोजन भएको थियो,” उहाँले भन्नुभयो “स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय कास्कीले ठेक्का मार्फत योजना सम्पन्न गरेपछि आवत जावत सहज र सुरक्षित भएको छ ।”

Shreekrishna

दग्नाम, दर्मीजा, चिमखोला, घ्याँसीखर्क, मंगलेखानी, चौरखानी र पात्लेखर्क गाउँका बासिन्दाहरु लाभान्वित भएका छन् । अप्ठ्यारो ठाउँमा सडक फराकिलो पार्ने, पर्खाल, नाली निर्माण, ग्रेड र मोड सुधार तथा ढलान गरिएको छ ।

Gunasthariya Shiksya

उक्त योजना निर्माणका लागि गत माघ १४ गते दुप्चेश्वर सुभम् विल्डर्सले रु. दुई करोड ३९ लाख ९९ हजार चार सय १३ मा ठेक्का सम्झौता गरेको थियो । यही असार २० गतेसम्मको ठेक्काको म्याद रहेपनि गत जेठ २६ गते योजना सम्पन्न गरेको निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले बताउनुभयो ।

इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बावजुद आफूले पाएको जिम्मेवारी समय अगावै सम्पन्न गरेको उहाँले बताउनुभयो । कार्कीका अनुसार औरी, दवाङभिरमुनी र दग्नाम गाउँभित्र नौ सय मिटर ढलान गरिएको छ ।

दग्नामको मुख्य गाउँभित्रको सबै सडक ढलान भएको छ । सडक पक्की बनेपछि दग्नाम गाउँ चिटिक्क देखिएको छ । धुलो र हिलोको समस्या समाधान हुनुका साथै यात्रा सहज र सुरक्षित भएको स्थानीय धनीलाल गर्बुजाले बताउनुभयो । दग्नाम खोलामा कजवे र तीन ठाउँका खोल्सामा ह्युम पाइप राखिएको छ ।

मौवाफाँट–दग्नाम–चिमखोला–घ्याँसीखर्क सडकको मौवाफाँट, बुक्ल, दग्नाम पहिरो, चिमखोला क्षेत्रमा गत वर्ष दुई वर्ष शिर्षकका योजना मार्फत स्तरोन्नति भएको थियो । रघुगंगा गाउँपालिकाका तीन वटा वडालाई जोड्ने यो सडक जिल्लाको प्राथमिकताप्राप्त आयोजना हो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...