नेपाल रेडक्रस सोसाइटी म्याग्दी जिल्ला शाखाको ३३औँ वार्षिक साधारणसभा सम्पन्न

Gandaki Ghumau

नेपाल रेडक्रस सोसाइटी म्याग्दी जिल्ला शाखाको ३३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाको उद्घाटन बेनी नगरपालिकाका प्रमुख सुरत केसीले गर्नुभएको थियो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रीय सदस्य लेखबहादुर हमाल, शाखाका भूतपूर्व सभापति माधवप्रसाद रेग्मी, बेनी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी बागलुङ जिल्ला शाखाका उपसभापति राजेन्द्र आचार्य, बेनी पालिका तदर्थ समितिका संयोजक दुर्गाराम सुवेदी, सिङ्गा उपशाखाका सभापति सुमन बानियाँ, पुलाचौर उपशाखाका सचिव दिनेश बानियाँ तथा यशस्कर सदस्य ध्रुवलाल शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

जिल्ला शाखाका उपसभापति विष्णु रोका मगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा बेनी सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए।

Shreekrishna
Gunasthariya Shiksya

साधारणसभामा वर्ष २०८२ को उत्कृष्ट उपशाखा पुरस्कार दरबाङ उपशाखालाई, उत्कृष्ट साझेदारी पुरस्कार सिङ्गा उपशाखालाई तथा महिला सदस्यता वृद्धि प्रोत्साहन पुरस्कार पनि दरबाङ उपशाखालाई प्रदान गरिएको थियो।

त्यसैगरी, अर्थुङ्गे उपशाखालाई जग्गादान गरी शाखाको भौतिक पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनुहुने ध्रुवलाल शर्मा, श्रीहरी शर्मा, विनोद शर्मा र प्रमोद शर्मालाई यशस्कर सदस्यताद्वारा सम्मान गरिएको थियो।

साधारणसभाले शाखाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, आगामी वर्षका लागि प्रस्तावित कार्ययोजना तथा बजेट सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।

कार्यक्रममा जिल्ला शाखा, पालिका शाखा तथा विभिन्न उपशाखाका गरी ५६ जना प्रतिनिधि एवं पर्यवेक्षकहरूको सहभागिता रहेको थियो। साधारणसभा सभापति अमर बानियाँको अध्यक्षतामा सम्पन्न भएको थियो।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...