एघार महिनामै सात लाख पर्यटक मुस्ताङ, नयाँ कीर्तिमानतर्फ यात्रा

Gandaki Ghumau

बेनी, ः म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा र अन्नपूर्ण गाउँपालिका हुदै बेनी–जोमसोम सडक भएर चालु आर्थिक वर्ष २०८२÷८३ को ११ महिनामा सात लाख जना भन्दा धेरै पर्यटक मुस्ताङ घुम्न गएका छन् । यो संख्या गत आर्थिक वर्षको १२ महिनाको बराबर हो ।

म्याग्दीको सिमानामा पर्ने मुस्ताङको घाँसामा रहेको सिमा प्रहरी चौकीको तथ्याङ्क अनुसार २०८२ साउन देखि जेठ महिनासम्म सात लाख पाँच हजार साच सय ५४ जना स्वदेशी र विदेशी पर्यटक मुस्ताङ प्रवेश गरेका छन् ।

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र बेनी–जोमसोम सडक भएर मुस्ताङ भित्रने नाकामा रहेको घाँसामा प्रहरीले सवारी साधन मार्फत भित्रने पर्यटकहरुको अभिलेख राख्ने गरेका छन् ।

Shreekrishna

एघार महिनाको अवधीमा एक लाख ५१ हजार एक सय ६० सवारी साधन मार्फत चार लाख ६० हजार नौ सय २४ स्वदेशी र दुई लाख ४४ हजार आठ सय ३० विदेशी पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो ।
सबैभन्दा बढी गत जेठ महिनामा २७ हजार चार सय ८८ सवारी साधन मार्फत ९० हजार नौ सय ३९ विदेशी र ४० हजार आठ सय ३८ जना गरि कुल एक लाख ३१ हजार सात सय ७७ जना पर्यटक मुस्ताङ भित्रिएका छन् ।

Gunasthariya Shiksya

भारत सरकारले लिएको डलर बचत गर्ने नीतिका कारण गर्मीमा पोखरा, मुस्ताङ लगायत ठाउँमा भारतीय पर्यटकहरुको चाप बढेको छ । लगातार चार दिन सार्वजनिक बिदा परेको जेठ तेस्रो साता नेपाली पर्यटकहरुले घुमघामका लागि मुस्ताङ रोजाईमा परेको थियो ।

पर्यटकको चापका कारण बेनी–जोमसोम सडकमा पर्ने बेनी, गलेश्वर, तातोपानी, दानाका होटलहरु भरिभराउ हुने गरेका छन् । बर्खायामको सुरुवाती समयको अनुकूल बैशाख–जेठमा मुस्ताङ भ्रमण गर्नेको घुइँचो बढ्ने गरेको हो ।

मुस्ताङ भित्रिएका बाह्य पर्यटकको संख्यामध्य ८० प्रतिशत बढी भारतीय पर्यटक हुने गरेका प्रहरी निरीक्षक बस्यालले बताउनुभयो । गत आर्थिक वर्षमा सात लाख पाँच हजार ७७९ जना पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरको दर्शन गर्ने उद्देश्यले भारतीय र नेपाली पर्यटक मुस्ताङ आउने गर्दछन् । यसका साथै कागबेनीधाममा श्राद्ध र तर्पण गर्ने, कोरला नाका र लोमान्थाङको अवलोकन गर्ने उद्देश्यले मुस्ताङमा पर्यटकको उपस्थित हुने गरेको हो । पृथक भूगोल, जैविक विविधता, प्राचीन कला संस्कृति, रहनसहन, हिमाली सौन्दर्यता र यहाँको विशेष प्रकारको मौलिकताका कारण मुस्ताङमा पर्यटकीय आकर्षण बढ्दै गएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...