
घोडेपानी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीय स्थल घोडेपानी–पुनहिल जोड्ने साइकल मार्ग निर्माण भएको छ ।
अन्नपूूर्ण गाउँपालिकाले घोडेपानी र पुनहिल घुम्न आउने पर्यटकको बसाई लम्बाउने उद्देश्यले साइकल मार्ग निर्माण गरेको हो । साइकल मार्गको अन्नपूूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन र पुर्व अध्यक्ष डमबहादुर पुनले उद्घाटन गर्नुभयो ।
अन्नपूूर्ण गाउँपालिकाले चालुु आर्थिक वर्ष २०८२÷०८३ मा बिनियोजन गरेको रु. छ लाख बजेटबाट पुनहिल देखि लुङलुङ सिद्ध, लालीगुराँसपार्क हुदै घोडेपानीको फलेघर जोड्ने चार किलोमिटर साइकल मार्ग निर्माण भएको वडा अध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो ।

समुुन्द्रि सतहदेखि तीन हजार दुई सय १० मिटर उचाईमा रहेको पुनहिल देखि हिमाल हेर्दै गुुराँसे जंगलभित्र साइकलमा साहासिक र रोमाञ्चक यात्रा गर्न पाइने राइडर आनिल विश्वकर्माले बताउनुभयो ।

“पुनहिल–घोडेपानी पोखरादेखि नजिकको आकर्षक साइकलिङ गर्ने मार्ग हो,” उहाँले भन्नुभयो “साइकलीङका लागि आवश्यक सबै मापदण्डहरु पुरा भएको साइकल मार्ग बनेकोमा खुसी लागेको छ ।”
सडकका कारण पुराना पदमार्ग विस्थापित भएको अवस्थामा पर्यटकको बसाई लम्बाउनका लागि साइकल मार्ग प्रभावकारी हुने अन्नपूूर्ण गाउँपालिकाका पुर्व अध्यक्ष समेत रहेका साइकल मार्गका अभियान्ता डमबहादुुर पुनले बताउनुभयो ।
घोडेपानी र पुनहिल क्षेत्रलाई केन्द्रित गरेर लालीगुुराँस पार्क, पेरीभारानी ताल जोड्ने घोडा मार्ग सञ्चालन गरिएको उहाँले बताउनुभयो । पर्यटकहरुको चाहना अनुसार राम्चेकाफलडाडा, हिस्तान टिकोट, शिख, खिवाङ जोड्ने साइकल मार्गको पनि सम्भाव्यता अध्ययन गरिएको पुुनले बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष पुनले साइकल मार्गको प्रर्वद्धन र विस्तार गर्न आगामी आर्थिक वर्षको बजेट र योजनामा समावेश गरिने बताउनुभयो । सुुर्योदय, हिमशृृङखला, गुँरासे जंगल र पहाडी भूगोलको अवलोकन गर्न सकिने पुनहिलका लागि साइकल मार्ग नयाँ सम्भावना भएको बताउनुभयो ।
घोडेपानी देखि ४५ मिनेट उकालोमा पदयात्रा गरेपछि पुुगिने पुुनहिलबाट गुर्जा, पुथा, मानापाथी, निलगिरि, अन्नपूूर्ण र माछापुुच्छ्रे हिमशृङखलाको दृष्य अवलोकन गर्न सकिन्छ । घोडेपानी–पुुनहिल विश्वप्रसिद्ध अन्नपूूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय गन्तब्य हो ।

