धारापानीमा बिद्यालय स्थानान्तरण र भवन पुननिर्माणका लागि जग्गा ब्यवस्थापन

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा रहेको किसानी माविको भवन स्थानान्तरण र पुननिर्माणका लागि जग्गाको ब्यवस्थापन भएको छ ।

भूमिगत पहिरोका कारण ढाडटोलमा रहेको बिद्यालयको भवन भत्किएपछि धारापानी गाउँको बिचमा रहेको किमको बोट भन्ने ठाउँमा स्थानान्तरण गरि नयाँ भवन बनाउन जग्गा ब्यवस्थापन गरिएको हो ।

धारापानी घर भई हाल भैरहवा बस्नुहुने चक्रबहादुर थापा, उहाँका भाई क्याप्टेन पुर्ण थापा, बहिनी सुवा र मना खत्रीले बुवा चन्द्रबहादुर थापा र आमा कुन्ता देवी थापाको नाममा ६ रोपनी भन्दा बढी जग्गा उपलब्ध गराउनुभएको छ ।

Shreekrishna hardwear in news

उहाँहरुले उपलब्ध गराउनुभएको जग्गामा पुग्ने सडक निर्माणका लागि स्थानीयले सहमति जनाउनुभएको छ । जग्गादाताको सम्मानमा बिद्यालयलाई श्री किसानी चन्द्रकुन्ता मावि नामाकरण गर्ने निर्णय भएको छ ।

मुल सडकदेखि जग्गामा पुग्ने ठाउँसम्म सहायक सडक पु¥याउन स्थानीय होमबहादुर थापा, रामबहादुर थापा, दानबहादुर थापा, प्रकाश पुर्जा, खिमदल थापा, सुर्य थापा, चन्द्रबहादुर थापा, अर्जुन थापा र राजन थापाले जग्गा दिने घोषणा गर्नुभएको छ । ४ मिटर फकाकिलो बाटो बनाउन जग्गा दिनुभएको हो ।

बुधबार धारापानीमा जग्गादाताहरुलाई सम्मान गरिएको थियो । शुक्रबार जग्गादाताहरुबाट भवन शिलन्यास गराउने कार्यक्रम तय भएको छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष किरन थापा, जग्गा ब्यवस्थापन समितिका संयोजक तमबहादुर थापा, म्याग्दी प्रवासी नेपाली संघ (मोना) का पुर्ब अध्यक्ष चक्रबहादुर थापा, स्थानीय बिष्णुप्रकाश थापा, रामबहादुर खत्री लगायतले जग्गादातालाई फुल माला र अबिरजात्रा गरेर सम्मान गर्नुभएको थियो ।

Bhautik ministry notice about road

जग्गा ब्यवस्थापनका क्रममा तेजिन्द्र थापा, रिमप्रकाश थापा, काठमाडौमा रहेका बेदप्रकाश थापा, भरत थापा, स्थानीय यामन रोका, होमबहादर थापा, खड्गबहादुर थापा, चक्र थापा, अर्जुन थापा, काजिमान रोका लगायतले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

गत असारमा बिद्यालयका भवन भत्किएपछि पठनपाठन सञ्चालन र प्रशासनिक गतिबिधि प्रभावित भएको छ । बालबालिकालाई खुल्ला चौरमा राखेर पठनपाठन सञ्चालन गरिएको प्रधानअध्यापक धु्रबबहादुर भण्डारीले बताउनुभयो ।

गत असार अन्तिम हप्ताको भिषण बर्षाका कारण बिद्यालय रहेको ढाडटोलमा जमिन धाँजा फाटेर चिरा चिरा परेको थियो । भूमिगत पहिरोले जमिन बिस्तारै चिरा चिरा पर्ने र धाँजा फाट्ने क्रमसँगै भवन भत्किएको हो । विद्यालयमा भएका २० कोठे कक्षा कोठा भवन र ६ वटा शौचालयका भवन भत्किएका छन् ।

जमिनको सतह नमिलेपछि चिरा चिरा परेर पर्खाल भत्किने, छानो खस्ने गरेको छ । कुनै पनि भवन बस्न योग्य छैनन् । ढाँडटोलका करिब ७५ घरधुरी पनि सो पहिरोका कारण जोखिममा परेका छन् । बाहिर नदेखिएपनि भित्रभित्रै जमिन बगेर बस्तिनै बस्नका लागि अयोग्य भएको स्थानीयबासीले बताएका छन् । कक्षा १० सम्मको पठनपाठन हुने किसानी माविमा २२५ जना बिद्यार्थी छन् ।

गाउँपालिकाले बिद्यालय भवन स्थानान्तरण र पुननिर्माणका लागि बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको जनाएको छ । डिपिआर अनुसार भवन पुननिर्माणका लागि आर्थिक स्रोतको खोजी गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...