जलजलाको लुप्राङमा ताराकुमारीले फलाउनुभयो अंगुर

Gandaki Ghumau

जलजला ः पर्वतको जलजला गाउँपालिका–८ लुप्राङमा अंगुर खेतीको परिक्षण सफल भएको छ ।

समुन्द्रि सतह देखि करिब एक हजार आठ सय मिटर उचाईमा अवस्थित लुप्राङमा रहेको श्रीहरी कृषि तथा पशुपंक्षी फार्मका सञ्चालक ताराकुमारी रेग्मीले ‘थोम्पसन सिडलेस’ जातको अंगुर खेतीको परिक्षण गर्नुभएको हो ।

“चार वर्षअघि भारतबाट ल्याएर पलास्टिकको टनेलभित्र रोपेको अंगुरका दुई वटा बोटले उत्पादन दिन थालेका छन,” उहाँले भन्नुभयो “गत वर्ष प्रतिकिलो रु. चार सय ५० देखि पाँच सयका दरले रु. ३५ हजारको अंगुर घरबाटै बेचेको थिए । यसपाली दाना बढी लागेकाले उत्पादन बढ्ने अनुमान छ ।”

Shreekrishna

अंगुरको दाना पाक्ने समयसम्म नझरी बोटमा रह्यो भने कृषि प्राविधिकहरुसँग सल्लाह गरेर अंगुर खेती विस्तार गर्ने रेग्मीको योजना छ । दुई छोरा पढाउन पाँच वर्ष बागलुङ बजार बसेकी रेग्मीले घर फर्किएपछि अंगुर, गोलभेडा, सुन्तला खेतीका साथै बाख्रापालन शुरु गर्नुभएको थियो ।

Gunasthariya Shiksya

“कक्षा पाँच सम्म गाउँकै विद्यालयमा पढेका दुई जना छोराहरुलाई स्कुल टाढा भएकाले पाँच वर्ष बागलुङमा डेरा खोजेर १० सम्म पढाए,” टिकाकुमारीले भन्नुभयो “कक्षा १० उतिर्ण गरेपछि उच्च शिक्षा हाँसिल गर्न दुई जना छोराहरु काठमाडौ गएपछि घर फर्किएर धान खेती हुने खेतमा सुन्तलाका बिरुवा लगाउँदा आफन्त र छिमेकीहरुले असफल हुने काम नगर्न सुझाउनुभएको थियो ।”

स्वदेशमै उद्यमशिल बनेर स्वरोजगार, आत्मनिर्भर र आयआर्जनतर्फ अग्रसर हुनुपर्ने धारणाबाट प्रेरित भएकी रेग्मीलाई स्थानीय विद्यालयका शिक्षक रहेका श्रीमानले साँझ, बिहान र बिदाको समयमा बगैचाको काममा साथ दिनुभएको छ । उहाँको बगैचामा रसात सय ५० सुन्तला र कागतीका बोट छन् । गत वर्ष रु. चार लाख ८० हजारको सुन्तला बिक्री भएको रेग्मीले बताउनुभयो ।

पलास्टिक टनेलभित्र अंगुरका साथै टमाटर खेती पनि गर्नुभएको छ । हुर्कदै गरेको सुन्तला बगैचाभित्र सिमी खेती गर्नुभएको छ । अंगुर गाउँबाट बिक्री हुन्छ । सुन्तला पोखरा र तरकारी कुश्मामा खपत हुने गरेको छ । कृषि फार्मबाट वार्षिक रु. १० देखि १२ लाख बचत गर्ने रेग्मीको कमाई देखेर विगतमा सुन्तला रोप्दा गाली गर्नेहरु दंग परेका छन् ।

उहाँकै सिको गरेर धेरैजसो लुप्राङबासीले धान, मकै, कोदोको विकल्पमा सुन्तला खेती गरेका छन् । उहाँलाई राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, जलजला गाउँपालिका र वृद्धिमुखी उद्यमशिलता र रोजगारी प्रर्वद्धन कार्यक्रम मार्फत प्रबिधी, पूर्वाधार निर्माणमा सहयोग, सिपमुलक तालिम, ब्यवसायिक योजना तयार पार्न, भ्रमण र प्रर्दशनीको ब्यवस्था मिलाएका छन् ।
नाग्लीवाङ हुदै लुप्राङ जोड्ने सडक स्तरोन्नति नहुँदा कृषि उपज बिक्रीका लागि बजार पठाउन समस्या भएको रेग्मीले गुनासो गर्नुभयो । बाँदरको समस्या पनि मुख्य चुनौति बनेको छ । यसपाली यही जेठ १२ गते परेको असिनाले खाद्यबाली, सुन्तला र तरकारी खेतीमा क्षति पु¥याएको किसानहरुले गुनासो गरेका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...