नविन आनन्द योग केन्द्र नेपालको अध्यक्षमा हरिप्रसाद पौडेल

Gandaki Ghumau

बेनी, — नविन आनन्द योग केन्द्र नेपालको आइतबार बेनीमा सम्पन्न छैटौं साधारणसभा तथा चौथो अधिवेशनबाट हरिप्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
उपाध्यक्षमा ओमकुमारी फगामी, सचिवमा सन्दीप खत्री, कोषाध्यक्षमा कमलकुमारी पुन र सहसचिवमा दीपेन्द्रकुमार विश्वकर्मा निर्वाचित हुनुभएको छ । त्यसैगरी कार्यसमिति सदस्यहरूमा पवित्रा बोगटी केसी, कुलराज पौडेल, दुर्गा शर्मा, प्रतिक्षा श्रेष्ठ, निरञ्जना श्रेष्ठ, सीता घले, ईश्वरी सापकोटा र जमुना आचार्य चयन हुनुभएको सचिव खत्रीले जानकारी दिनुभयो ।
अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि सन्त सुभदासले स्वस्थ जीवनयापनका लागि योगको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले मानव जीवन तथा दैनिक कार्यसम्पादनमा योग अपरिहार्य रहेको उल्लेख गर्दै योगलाई अझ प्रभावकारी र व्यवस्थित बनाउन आवश्यक रहेको धारणा राख्नुभयो। समयको पालना, अनुशासन र आहारविहारमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा योग गुरु नवीन जुग्जालीले मानसिक तथा शारीरिक स्वास्थ्य सुदृढ बनाउन नियमित योगाभ्यास आवश्यक रहेको बताउनुभयो। उहाँले योगले व्यक्तिको जीवनशैली सुधार्नुका साथै सकारात्मक सोच र आत्मविश्वास वृद्धि गर्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्य, म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लिलाराम गौतम, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतम तथा योग प्रशिक्षक दुर्गा शर्माले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
योग केन्द्र स्थापनाका लागि हालसम्म रु. १४ लाख संकलन भइसकेको जानकारी दिँदै स्थानीय तहसँग समन्वय गरेर योग साधना केन्द्र निर्माणको पहल गरिने जनाइएको छ । नवनिर्वाचित अध्यक्ष पौडेलले विद्यालय तथा समुदायस्तरमा योग साधना विस्तार गर्दै संस्थागत विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा केन्द्रका निवर्तमान अध्यक्ष सुरेन्द्रराज शर्मा, स्वागत मन्तव्य प्रशिक्षक दीपेन्द्र विश्वकर्मा तथा सञ्चालन हरिप्रसाद पौडेलले गर्नुभएको थियो । नियमित योगाभ्यासले शरीरमा ऊर्जा, स्फूर्ति र सकारात्मकता बढाउने भएकाले म्याग्दीका ग्रामीण क्षेत्रमा समेत योग शिविर तथा कक्षाहरू सञ्चालन हुँदै आएका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...