
बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लमसुङमा शनिबार निशूल्क स्वास्थ्य एवम् दन्त शिविर सम्पन्न भएको छ ।
मालिका गाउँपालिका–६ दरवाङमा रहेको गौतम फार्मेसी प्रा.ली.ले आयोजना गरेको शिविरबाट दुई सय ८० जना लाभान्वित भएका छन् ।

७० जनाको भिडियो एक्सरे, ४० जनाको दाँत निकालेको, १० जनाको इसिजी, ३० जनाको सुगर परिक्षण र निशूल्क औषधी वितरण गरिएको गौतम फार्मेसीका सञ्चालक थमन गौतमले जानकारी दिनुभयो ।


