
बेनी, । बेनी नगरपालिका–७ मंगलाघाटस्थित वौद्ध युवा क्लबको शुक्रबार सम्पन्न छैठौ अधिवेशनले दुर्गा बुढामगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिवेशनबाट चयन भएको समितिको उपाध्यक्षमा शिव शेरचन, सचिवमा श्याम सुन्दर कडेल, कोषाध्यक्षमा कमल घर्तीमगर, सहसचिवमा लक्ष्मी पुन रहनुभएको छ ।

त्यसैगरी सदस्यहरूमा अनूपन श्रेष्ठ, जानबहादुर केसी, राजिव थापा, श्रीजना थापामगर, जिवन केसी, लक्ष्मण थापा, ज्ञानबहादुर केसी, प्रेमबहादुर रानामगर, सागर थापा र विकास कुँवर रहनुभएको छ । निवर्तमान अध्यक्ष विजय किसान संरक्षक चयन हुनुभएको छ ।

बेनी नगरपालिका–७ का वडा सदस्य रशेम फगामीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले विगतको प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजनामाथि छलफल गरी पारित गरेको थियो । अधिवेशनमा क्लबका पदाधिकारी, सदस्य तथा स्थानीय युवाहरूको सहभागिता रहेको थियो ।
नवनिर्वाचित अध्यक्ष बुढामगरले युवाहरूलाई सामाजिक, सांस्कृतिक तथा रचनात्मक गतिविधिमा सक्रिय बनाउँदै क्लबलाई अझ प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । क्लबले समुदायमा युवा नेतृत्व विकास, सामाजिक सेवा तथा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

