रघुगंगाको गाउँसभामा मतदानबाट बेगमा अस्पताल बनाउने निर्णय

Gandaki Pardesh notice

स्थानीय तह थप र पिप्लेको वडा बिभाजन गर्न सिफारिस

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले बहुमतको आधारमा गाउँसभाबाट अस्पताल बनाउने ठाउँ छनौट गरेको छ ।

गाउँपालिकाको केन्द्र मौवाफाँटमा बुधबार सम्पन्न नबौ गाउँसभाले बहुमतको आधारमा वडा न. १ बेगको स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर १० शैया क्षमताको अस्पताल बनाउने निर्णय गरेको हो ।

Shreekrishna hardwear in news

मौवाफाँट, पिप्ले र बेग मध्य कहाँ अस्पताल बनाउने भन्ने बिषयमा जनप्रतिधिहरुबीच सहमति जुट्न नसकेपछि निर्णयका लागि गाउँसभामा मतदान मार्फत छनौट गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँसभा सदस्यहरुको बहुमतबाट बेगमा अस्पताल निर्माण गर्ने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । ४२ जना गाउँसभा सदस्यमध्ये सभामा ३५ जनाको उपस्थिति थियो ।

अस्पतालको स्थान छनौटको मतदानमा सहभागी ३० जनामध्ये २६ जनाले बेग स्वास्थ्य चौकी र ४ जनाले मौवाफाँटको पक्षमा मत जाहेर गरेका थिए । बहुमतबाट स्थान छनौट गर्ने निर्णयमा वडा नम्बर ३ पिप्लेका वडा अध्यक्ष जिवनकुमार मल्ल र ३ जना जनप्रतिनिधिले फरक मत राख्नुभएको छ ।

गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी र उपाध्यक्ष कमला तिलिजाले मत जाहेर गर्न नपरेको बताईएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेढ वर्षअघि एक स्थानीय तह एक अस्पताल कार्यक्रम अन्तर्गत रघुगङ्गा–१ बेगलाई छनोट गरेको थियो ।

Bhautik ministry notice about road

२०७७ कात्तिक २० गतेको कार्यपालिका बैठकले सबै पालिकावासीलाई सेवा लिन पायक पर्ने र सहज हुने भएकाले पिप्ले स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै गाउँपालिकाको केन्द्रमा व्यवस्थापन गरेको जग्गामा १० शैया क्षमताको अस्पताल बनाउने निर्णय गरेको थियो ।

गाउँपालिकाको केन्द्र मौवाफाँटमा अस्पताल बनाउने आशयले निर्णय गरिए पनि स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक अस्पतालमा स्तरोन्नति हुने स्वास्थ्य चौकीको सूचीमा पिप्ले स्वास्थ्य चौकीलाई राखेको थियो । ठाउँको विवादका कारण मङ्सिर १५ गते तय गरिएको अस्पताल शिलान्यास कार्यक्रम हुन सकेको थिएन । गाउँसभा स्थलमा स्थानीयको भिड बढेपछि सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

बेगको देउरालीमा अस्पताल भवन निर्माणका लागि स्थानीयले ९ रोपनी जग्गा निशूल्क उपलब्ध गराएका वडा अध्यक्ष बिलप्रसाद फगामीले बताउनुभयो । लोकबहादर, हिमबहादुर र मेजन फगामीले ५ रोपनी तथा देउबहादुर, टुकबहादुर, दानबहादुर पुर्जा र जितबहादुर गर्बुजाले चार रोपनी जग्गा उपलब्ध गराउनुभएको छ ।

गाउँसभाले वडा नम्बर ३ लाई बिभाजन गरेर दुई वटा वडामा कायम गर्न सिफारिस गर्ने निर्णय गरेको छ । मालिका, अक्षता, कलेजाबाङ, फुलवारी, मौवाफाँट र कुदबाङ क्षेत्रलाई समेटेर नयाँ वडा कायम गर्न प्रदेश सरकार मार्फत संघिय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले जानकारी दिनुभयो ।

त्यसैगरि गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि रघुगंगा नदिबाट पारि रहेका भुगोललाई समेटेर थप नयाँ गाउँपालिका बनाउनको लागि समेत अनुरोध गर्ने निर्णय गाउँसभाले गरेको छ । वडा नम्बर ५ झिँ, वडा नम्बर ६ पाखापानी र वडा नम्बर ८ को कुइनेबस्तीलाई समेटेर पाखापानीमा केन्द्र रहने गरि नयाँ गाउँपालिका माग गर्ने निर्णय भएको छ ।

पाखापानीलाई दुई वडामा विभाजन गर्ने, धवलागिरी गाउँपालिकाको वडा नम्बर ५ र बेनी नगरपालिकाका वडा नम्बर १० लाई समेत प्रस्ताव गरिएको नयाँ गाउँपालिकामा समावेश हुनका लागि सम्बन्धित स्थानीय तहलाई अनुरोध र समन्वय गर्ने सभाले निर्णय गरेको छ ।

मौवाफाँटमा व्यवस्थापन भैरहेको जग्गामा प्रशासकीय भवन निर्माण कार्यलाई अघि बढाउने निर्णय गरेको छ । भवन निर्माणमा जिल्ला समन्वय समिति मार्फत ६० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । चालु आर्थिक बर्षमा गाउँपालिकाले २० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

प्रशासकिय भवन निर्माणमा प्रदेश सरकारले एक करोड रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।े संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ९ करोड रुपैयाँ सम्म बजेट उपलब्ध गराउन सक्ने गरि कार्यबिधी बनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...