चिमखोलाको फेदीबन जंगलबाट आठ थान इजाजत नभएका बन्दुक बरामद

Gandaki Ghumau

बेनी ः म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको फेदीवन जंगलबाट बुधबार इजाजत नभएका छ थान भरुवा बन्दुक बरामद भएको छ ।

अस्थायी प्रहरी पोष्ट चिमखोलाबाट गएको सुरक्षाकर्मी टोलीले जंगलमा लुकाएर राखेको अवस्थामा आठ थान एक नाले भरुवा बन्दुक बरामद गरेको हो । प्रहरी नीरीक्षक सागर तिमिल्सीनाले बन्यजन्तुको अवैध चोरी शिकारी र अपराध नियन्त्रणका लागि सञ्चालित ‘ब्राबोसेरा’ अभियान अन्र्तगत बन्दुक बरामद गरेर बेनी ल्याइएको जानकारी दिनुभयो ।

Gunasthariya Shiksya

२०८२ मंसिर १५ गतेदेखि शुरु भएको ‘ब्राबोसेरा’ अभियान मार्फत हालसम्म एक सय ५० थान इजाजत नभएका बन्दुक बरामद भएको उहाँले जानकारी दिनुभयो । ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र सामुदायिक वनहरुमा वन्यजन्तुको चोरी शिकारीका साथै आपसी बिवाद र झैझगडामा समेत प्रयोग हुने जोखिम भएकाले अबैध बन्दुक बरामद गर्ने अभियान चलाएको प्रहरी नायव उपरीक्षक राजन कार्कीले बताउनुभयो ।

Shreekrishna

अबैध बन्दुक बरामद गर्न सञ्चालन भएको अभियानलाई म्याग्दी प्रहरीले ‘ब्राबोसेरा’ नाम दिएको छ । स्थानीयबासीहरुको सूचना तथा सहयोग समेतमा जंगल, रुखका टोड्का, खोल्सा, मासिन नबस्ने घर गोठ तथा जमिनमा गाडेको अवस्थामा बन्दुक बरामद गरिएको हो ।

प्रशासनबाट अनुमति लिएर व्यक्तिगत सुरक्षाको प्रयोजनका लागि हतियार राख्न पाउने ब्यवस्था छ । प्रशासनबाट इजाजत नलिई हातहतियार राख्नेलाई पाँच वर्षसम्म कैद सजाय र रु. पचास हजारसम्म जरिवाना हुने कानुनी ब्यवस्था छ । अबैध बन्दुक बरामद गर्ने अभियान जारी राख्ने र त्यस्ता बन्दुक भएको सूचना उपलब्ध गराउन म्याग्दी प्रहरीले अनुरोध गरेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...