‘मोनाको योगदान उच्च छ, तर संस्थाको नाममा राजनीति स्वीकार्य छैन’

Gandaki Ghumau

म्याग्दी, । गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन) ले म्याग्दी प्रवासी नेपाली संघ (मोना) का इमान्दार सदस्य तथा प्रवासी म्याग्देलीहरूलाई तरंगित, बिचलित वा निरुत्साहित नहुन आग्रह गर्नुभएको छ ।

बेनीमा जेठ २३ गते आयोजित म्याग्दी उद्योग वाणिज्य संघको ३२औँ साधारणसभामा व्यक्त गर्नुभएको अभिव्यक्तिपछि उठेका टिप्पणी, चासो र प्रश्नप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उहाँले सोमबार एक वक्तव्य जारी गर्नुभएको हो ।

वक्तव्यमा उहाँले म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय तथा विभिन्न देशस्थित समितिहरू र प्रवासी म्याग्देलीहरूले संस्थामार्फत प्रवासमा रहेका नेपालीलाई दुःख–अप्ठ्यारोमा सहयोग पुर्‍याउनुका साथै जन्मथलोको विकास, शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ ।

Shreekrishna

उहाँले मोनाको नाम प्रयोग गरेर केही व्यक्तिहरूले आफ्नो व्यावसायिक, व्यक्तिगत तथा राजनीतिक स्वार्थ पूरा गर्न खोजेको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । यस्ता गतिविधिलाई लक्षित गरेर दिएको अभिव्यक्तिका कारण इमान्दार प्रवासी म्याग्देलीहरूको भावनामा चोट पुगेको भए क्षमा याचना समेत गर्नुभएको छ ।

Gunasthariya Shiksya

“मानवीय सेवा र पवित्र उद्देश्यका साथ स्थापना भएका संस्थाको नाममा केही व्यक्तिहरूले गरिरहेका विकृत गतिविधिप्रति खबरदारी गर्न खोजिएको हो,” वक्तव्यमा भनिएको छ, “यसलाई संस्थाप्रति गरिएको टिप्पणीका रूपमा नबुझ्न अनुरोध गर्दछु ।”

जुग्जालीले जन्मथलोको हितका लागि इमान्दारीपूर्वक सहयोग गर्दै आएका प्रवासी म्याग्देलीहरूलाई कुनै पनि प्रकारले निरुत्साहित नहुन आग्रह गर्दै समग्र म्याग्दीको विकास, समृद्धि र सुशासनका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

उहाँले नागरिक, संघसंस्था, निकाय तथा पदाधिकारीहरूले आफ्नो सीमा र क्षेत्राधिकारभित्र रहेर इमान्दारिता र सकारात्मक सोचका साथ जिम्मेवारी निर्वाह गर्नुपर्ने आफ्नो धारणा स्पष्ट, अडिग र प्रतिबद्ध रहेको समेत उल्लेख गर्नुभएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...