मगर खाम भाषामा पठनपाठन शुरु गराउदै रघुगंगा

Gandaki Ghumau

बेनी ः म्याग्दीको रघुगंगा गाउँपालिकामा मगर खाम भाषामा पठनपाठन शुरु भएको छ ।

मगर समुदायको बाहुल्यता रहेका बस्तीका १४ वटा विद्यालयमा कक्षा १ मा मगर खाम भाषामा पठनपाठन गराउन थालिएको हो । रघुगंगा गाउँपालिकाको सहयोगमा नेपाल पुनमगर समाजले तयार पारेको ‘गेमीं मगर खाम’ पुस्तक विद्यालयहरुलाई हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो ।

“मगर खाम भाषाको संरक्षण, पुनरुत्थान र अन्तरपुस्ता हस्तान्तरणको लागि मगर खाम भाषाको पुस्तक तयार पारेर पठनपाठन शुरु गरिएको हो,” उहाँले भन्नुभयो “बालबालिकालाई दैनिक बोलिचाली र जिवनयापनमा बढी प्रयोग हुने शब्दावलीहरुलाई पुस्तकमा समेटिएको छ ।”
मगर खाम भाषा पठनपाठनका लागि जनशक्ति तयार पार्ने र क्षमता विकास गर्ने उद्देश्यले यसअघि शिक्षकहरुलाई सात दिने तालिम प्रदान गरिएको थियो । नेपाल पुन मगर समाज रघुगंगाका अध्यक्ष टिका पुर्जा पुनले मगर भाषाको महत्व लाई उजागर गरी नयाँ पुस्तालाई भाषाको ज्ञान दिन मातृ भाषामा पठनपाठन शुरु गरिएको बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

महादेव मावि, पार्वति आधारभूत, कालिका मावि, जनता मावि, शिव आधारभूत, अमर मावि (चिमखोला), सिद्ध आधारभूत, महेन्द्र मावि, शिशुकल्याण आधारभूत, अमर मावि (पाखापानी), हरि आधारभूत, रायखोर र जनआदर्श आधारभूत विद्यालयमा मगर भाषामा पठनपान शुरु भएको उहाँले बताउनुभयो ।

नेपाल एकिकरणको समयदेखि तत्कालिन रिडीखोला÷कालीगण्डकी नदीदेखि पूर्वका १२ र पश्चिमका १८ मगर राज्यहरुको अस्तित्व मेटिएसंगै मगर खाम भाषा र लिपीको समेत इतिहास मेटिदै गएको थियो ।

रघुगंगाको १, ४, ५, ६ र ७ नम्बर वडामा मगर समुदायको बाहूल्य बसोबास छ । वडा नम्बर ८ कुइनेमंगले र वडा नम्बर ६ को ठाडाखानीमा अल्पसंख्यक छन्त्याल समुदायको बसोबास छ । गाउँपालिकाका अध्यक्ष भण्डारीले छन्त्याल भाषामा पनि पठनपाठन गराउन पहल भएको बताउनुभयो । वडा नम्बर २ भगवति र वडा नम्बर ३ पिप्लेमा क्षेत्री, दलित, ब्राह्मण र ठकुरी समुदायको बसोबास छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...