भिषण डडेलोले घान्द्रुक देउरालीको जंगल सखाप

Gandaki Pardesh notice

बेनी । म्याग्दी र कास्कीको अन्नपूर्ण गाउँपालिकाको सिमानामा पर्ने पर्यटकीय स्थल घान्द्रुक देउरालीको जंगलमा भिषण डढेलो लागेको छ ।

पुष १२ गते रातीदेखि लागेको डडेलो बुधबार साँझ सम्म पनि पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन् । कास्कीको घान्द्रुकबाट सुरु भएको डडेलोले म्याग्दीको भूगोलमा पर्ने जंगलमा पनि ठूलो क्षति पु¥याएको घोरेपानी टोल सुधार समितिका अध्यक्ष बिरेन गर्बुजाले बताउनुभयो ।

‘सल्ला, गुराँस र जरबुटाको रुख भएको जंगल डढेलोले सखाप पारेको छ,’ उहाले भन्नुभयो ‘घान्द्रुक तर्फबाट आएको डढेलो म्याग्दीको जंगलमा फैलिन नदिन अग्नी रेखा बनाएका छौ ।’ अझै पनि जंगलबाट घुँवाको मुस्लो निस्किरहेको छ । पूर्णरुपमा डेडेलो नियन्त्रणमा आइसकेको छैन् ।

Shreekrishna hardwear in news

अन्नपूर्ण गाउँपालिका–६ घोरेपानी र चित्रेका बासिन्दाहरुले मंगलबार दिनभर श्रमदान गरेर जंगलमा लडेका र सुकेका रुख, पातपतिङ्गर हटाई अग्नी रेखा बनाएका थिए । डडेलोका कारण बन्यजन्तु र पंक्षीको बासस्थानमा असर परेको छ । काठ, दाउरा, घाँस, बोटबिरुवा र जडिबुटि जलेर नष्ट भएको छ ।

Bhautik ministry notice about road

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र पर्ने घान्द्रुक देउराली क्षेत्रमा ठूलो जंगल छ । उट्पट्याङ गर्ने बटुवाहरुले वनमा आगो लगाएको हुन सक्ने स्थानीयको अनुमान छ । वन्यजन्तुको शिकार गर्न र चरनका लागि घाँस पलाउने गलत बुझाइका कारण डडेलो लगाउने गर्छन् ।

डडेलो नियन्त्रण गर्न एक्याप र प्रहरी कार्यालयलाई जानकारी गराएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । गत कात्तिक महिनायता बर्षा नहुँदा बनजंगल सुख्खा भएका छन् । सुख्खायामको समयमा बनमा डडेलो लाग्ने समस्या बढी हुने गरेको छ ।

एक्यापको घान्द्रुक स्थित इलाका संरक्षण कार्यालयका संरक्षण अधिकृत शैलेन्द्र यादवले प्रहरी, एक्याप र गाउँ संरक्षण व्यवस्थापन समितिका प्रतिनिधिहरुले डडेलो नियन्त्रणका लागि प्रयास जारी राखेका बताउनुभयो ।

जोखिमयुक्त भिर र जंगलमा लागेको आगो नियन्त्रणमा चुनौति देखिएको उहाँले बताउनुभयो । केही दिनअघि घोरेपानी नजिकैको जंगलमा लागेको आगो स्थानीय युवा, प्रहरी र एक्यापको टोलीले नियन्त्रणमा लिएको थियो ।

नारच्याङ स्थित निलगिरी हिमालको फेदीको जंगलमा पनि करिब एक सातासम्म डडेलो लागेको थियो । एक जना मानसिक सन्तुलन ठिक नभएको मानिसले डडेलो लगाउदै हिडेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको एक्याप घान्द्रुकका अधिकृत यादवले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...