७० वर्षमा नागरिकता

Gandaki Ghumau

बेनी ः म्याग्दीको मालिका गाउँपालिका–६, डाँडाखर्ककी राममायाँ खत्रीले ७० बर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्रमाणपत्र पाउनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय, म्याग्दीले मंगलबार खत्रीलाई ७० वर्षको उमेरमा पहिलो पटक नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो । नेपाली नागरिकताको अभावमा शारिरिक रुपमा अपाङ्गता भएकी एकल महिला खत्री राज्यको सेवा सुविधाबाट बञ्चित हुनुभएको थियो ।

कान्छो भाई गर्भे खत्रीले आवश्यक कागजपत्र जुटाएर जिल्ला प्रशासन कार्यालयमा आएपछि राममायाको हातमा ७० वर्षको उमेरमा पहिलो पटक नागरिकता परेको हो । प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्य र सहायक प्रजिअ कुलप्रसाद आचार्यले राममायाँलाई नागरिकता हस्तान्तरण गर्नुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

विसं २०१३ सालमा जन्मिनुभएकी राममायाँको एउटा हात चल्दैन । नागरिकताको आधारमा खत्रीले सामाजिक सुरक्षा भत्ताको सुविधाका लागि प्रक्रिया शुरु गर्ने बताउनुभयो । “नागरिकता पाएपछि निकै खुसी लागेको छ,” उहाँले भन्नुभयो “अब भत्ता पनि पाइने भयो ।”

राममायाले नागरिकता प्राप्त गरेलगत्तै राष्ट्रिय परिचयपत्रका लागि पनि आवेदन फारम भर्नुभएको छ । जीवनको उत्तरार्धमा पुगेकी राममायालाई नागरिकता हस्तान्तरण गर्दा निकै खुसी लागेको प्रजिअ आचार्यले बताउनुभयो ।

“समाजमा अझै पनि यदाकदा, बुढेशकालसम्म नागरिकता नबनाएका सर्वसाधारण भएमा आवश्यक प्रक्रिया पुरा गरि आउँदा प्रशासनमा झञ्जट र दुःख हुदैन, भन्ने सन्देश दिनु आवश्यक देखियो,”
१८ वर्ष उमेर पुगेका नेपाली नागरिकले नागरिकताको प्रमाण पत्र पाउने नीतिगत ब्यवस्था छ । दुर्गम ठाउँहरुमा सामाजिक सुरक्षा भत्ता खाने उमेरसम्म पनि नागरिकताको बारेमा थाहा नभएको अवस्थामा भेटिनु दुखको कुरा भएको प्रजिय आचार्यको भनाई छ ।
नागरिकता किन बनाउनु पर्छ, फाईदा के छ, के काम गर्छ, कसरी कहाँ बनाउने भन्ने ज्ञान नहुँदा म्याग्दीमा शरीरिक अपाङ्गता भएका, आर्थिक अवस्था कमजोरलगायत विभिन्न कारणले अझैपनि नागरिकता लिन योग्य उमेर भएका धेरै ग्रामिण बस्तीमा भेटिने गरेका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...