बस्तीको सौन्दर्यकरणका लागि बिममा पक्की पदमार्ग- हिलो, धुलो र झाडीबाट मुक्ति

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

म्याग्दी, ः म्याग्दीको मालिका गाउँपालिका–७ बिमको तल्लो र डाँडागाउँको पदमार्गलाई पक्की बनाइएको छ ।

गाउँको सौन्दर्यकरणका लागि बस्तीभित्रको कच्ची पैदलमार्गलाई ढलान गरेर पक्की बनाइएको हो । डाडागाउँकी मंगली पुनले पक्की पदमार्ग निर्माण भएपछि हिलो र धुलोको समस्या हट्नुका साथै गाउँ सफा सुग्घर भएको बताउनुभयो ।

“उकालो, ओरालोमा हिँडडुल गर्दा चिप्लिएर लड्ने, भारी बोकेर हिँड्न गाहे भएको थियो”, उहाँले भन्नुभयो, “पक्की पदमार्गले गाउँलाई सफा र स्थानीयवासीलाई सहज बनाएको छ ।” बर्खामा झाडीमा भिज्दै हिड्नुपर्ने समस्या हटेको र सर्पले टोक्ने जोखिम घटेको पुनले बताउनुभयो ।

Shreekrishna

पदमार्ग बनेपछि बिम र डाँडागाउँमा दुई सय भन्दा बढी घरधुरी लाभान्वित भएका छन् । बालबालिका र ज्येष्ठ नागरिकलाई आवतजावत र हिँडडुल गर्न सहज भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा आर्थिक वर्ष २०८०÷०८१ देखि शुरु भएको पदमार्ग निर्माण कार्यलाई चालु आर्थिक वर्षमा पूर्णता दिइएको हो ।

पहिलो वर्ष पूर्वाधार विकास कार्यालय मार्फत बिनियोजन भएको रु. ३० लाख बजेटबाट बिम तल्लोगाउँमा चार सय २५ र डाँडागाउँमा दुई सय ५० मिटर पदमार्ग निर्माण भएको थियो । आर्थिक वर्ष २०८१÷०८२ मा रु. १० लाख बजेटबाट तल्लो गाउँमा दुई सय ९० मिटर नाली र त्यसमाथी पक्की पदमार्ग बनाइएको एकिकृत सेवा कार्यालयका इञ्जिनियर सुमन बोगटीले बताउनुभयो ।

default
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

उहाँका अनुसार चालु आर्थिक वर्षमा एकिकृत सेवा कार्यालय मार्फत बिनियोजन भएको रु. १० लाख बजेटबाट डाडाँगाउँमा पाँच सय ५० मिटर पदमार्ग निर्माण भएको छ । तेर्सोमाढुङ्गा बिछ्याएर र उकालोमा सिँढी चिनेर ढलान गरिएको छ ।

एक दशमलव १० मिटरदेखि एक दशमलव २० मिटर फराकिलो पदमार्ग निर्माण भएको छ । पदमार्गमा मोटरसाइकल र साइकल पनि हिँडाउन सकिने डाडाँगाउँ पदमार्ग निर्माण समितिका अध्यक्ष भलाराम जुग्जालीले बताउनुभयो ।

माटे पदमार्गमा बर्सात हुँदा हिलो र सुक्खामा धुलोको समस्या थियो । ढलान गरेको पदमार्ग सरसफाइ गर्न सहज भएको तल्लोगाउँका धनकुमार जुग्जालीले बताउनुभयो । तल्लोगाउँमा पदमार्ग निर्माणका लागि चालु आर्थिक वर्षमा एकिकृत सेवा कार्यालय मार्फत बिनियोजन भएको रु. पाँच लाख बजेट भने इन्धन र निर्माण सामग्रीको मूल्य वृद्धिका कारण कार्यान्वयन गर्न नसकिएको उहाँले बताउनुभयो ।

बिम र डाँडागाउँ धार्मिक पर्यटकीय स्थल मालिका र प्रभु चेला धुरीको फेदीका बस्ती हुन् । मालिका र प्रभुचेला जाने पर्यटक तथा भक्तजन बसोबास गर्ने बिम र डाँडगाउँको पृष्ठभूमिमा गुर्जा हिमालको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ ।

सरसफाइमा नमूना बनाउने उद्देश्यले गाउँभित्रको पैदलमार्गलाई पक्की बनाउन बजेट बिनियोजन गरेको स्थानीयवासीसमेत रहनुभएका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताउनुभयो ।

प्रदेश सरकारका पुर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री समेत रहनुभएका जुग्जालीले स्तरोन्नतिको क्रममा रहेको खारा–बिम सडक स्तरोन्नति योजना मार्फत तल्लोगाउँ र डाडाँगाउँ बस्तिभित्रको सडक कालोपत्र हुने जानकारी दिनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...