मंगलाका कृषकलाई कृषि औजार वितरण

Gandaki Ghumau

बेनी, ः म्याग्दीको मंगला गाउँपालिकाले करिब दुई सय जना किसानहरुलाई रु. एक करोड मूल्य बराबरका कृषि औजार वितरण गरेको छ ।

गाउँपालिकाको केन्द्र बाबियाचौरको माटेबगरमा मंगलबार ५० प्रतिशत अनुदानमा मिनिटेलर हलो, मिल र थ्रेसर मेसिन वितरण गरेको हो । मंगला गाउँपालिकाको कृषि शाखाका प्रमुख बिमल रोकाले एक सय ४९ वटा मिनिटेलर हलो, ३५ वटा मिल र ११ थान थ्रेसर वितरण गरेको जानकारी दिनुभयो ।

“कृषि यान्त्रिकरण कार्यक्रम अन्र्तगत किसानहरुबाट माग संकलन गरेर ठेक्का प्रतिस्पर्धा मार्फत छनौट भएको आपुर्तिकर्ता मार्फत उपकरण खरिद गरि बितरण गरेका हौ,” उहाँले भन्नुभयो “सबै औजारहरुमा किसानले ५० प्रतिशत अनुदान पाएका छन् ।” करिब रु. एक करोड मूल्य बराबरको औजारहरु वितरण गरेको उहाँले बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

कृषि कार्यको लागत घटाउन, कृषकहरुको सहजता र समयको बचतका लागि यान्त्रिकरणका कार्यक्रममा जोड दिएको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । खेतबारी खनजोतका लागि गोरुको विकल्पमा मिनिटेलरको प्रयोग बढेको छ ।

एक हल गोरुले तीन दिन लगाउने खेतबारी मिनिटेलरले तीन घण्टामै जोत्न थालेपछि समय र खर्चको बचत हुनुका साथै हलगोरु पाल्नुपर्ने झञ्जट हटेको मंगला गाउँपालिका–४ का किसान धनमाया रोकाले बताउनुभयो ।

मिनिटेलरको सुविधा भएपछि हलगोरु पाल्दा घाँस, पानीको जोहो गर्दा हुने झञ्जट हटेको अर्का किसान नन्दकला सुनारले बताउनुभयो । अर्का कृषक जगत घर्तीले मिनिटेलर लगायतका उपकरणको प्रयोगबाट कृषि मजदुर नपाउने समस्याबाट मुक्ति मिलेको र समयको बचत भएको बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...