युवतीलाई ‘बल्याकमेल’ गरी ठगी गर्ने बेनीको डम्मराका आशिष थापा पक्राउ

Gandaki Ghumau

बेनी, । युवतीसँग अस्लिल भिडियो बनाएर उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिएर रु. नौ लाख भन्दा बढी ठगी गर्ने म्याग्दीका एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Gunasthariya Shiksya

युवतीलाई ब्लयाकमेल गरी ठगी गर्ने बेनी नगरपालिका–६ डम्मराका २२ वर्षीय आशिष थापालाई यही जेठ ४ गते पोखरामा पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा पोखराको लेकसाइडबाट नियन्त्रणमा लिइएका थापालाई म्याग्दी जिल्ला अदालतबाट आपराधिक लाभ र विद्युतीय कारोबार ऐन अन्र्तगतको मुद्दामा अनुसन्धान गर्न मंगलबार सात दिनको म्याद थप गरिएको छ ।

प्रहरी निरीक्षक सागर तिमिल्सीनाले थापालाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ । थापाले एक जना युवतीलाई प्रेमको नाटक गरी अस्लिल भिडियो बनाएर उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने धम्की दिएर रु. नौ लाख १० हजार तीन सय ७० बराबरको नगद तथा गरगहना ठगी गरेका प्रहरी निरीक्षक तिमिल्सीनाले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...