दग्नामबासीले लिङ्गो जुधाएर भूमे पुजा गरे

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

सुरेन गुरुङ
दग्नाम, ः म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामका बासिन्दाले मंगलबार लिङ्गो जुधाउने प्रतियोगिता गरेर यस वर्षको भूमे पर्व मनाएका छन् ।

हरेक बर्षको जेठ महिनामा मनाइने भूमे पुजाको अवसरमा आयोजना गरिएको लिंङ्गो जुधाउने प्रतियोगितामा बिगतमा झै गैरी गाउँ र कान्छी गाउँबाट अग्ला लिंगोहरु जुधाइएको थियो । यो वर्ष उचाईका आधारमा कान्छिगाउँको लिङ्गोलाई बिजयी घोषण गरिएको रघुगङ्गा गाउँपालिका–४ का वडा अध्यक्ष पविन गर्बुजाले बताउनुभयो ।

“दग्नाममा भूमे पुजाका अवसरमा लिङ्गो जुधाउने चलन करिब चार सय बर्ष पुरानो हो,” उहाँले भन्नुभयो “प्रकृति पुजाको रुपमा चिनिने भुमे देवतालाई खुसी बनाउन दग्नाममा दुई गाउँ बिच लिङ्गो जुधाउने गरिन्छ ।”

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

दग्नामको भूमे पुजाको मुख्य आकर्षणको रुपमा रहेको लिङ्गो जुधाउने प्रतिस्पर्धामा दग्नामको गैरी गाउँ र कान्छी गाउँले सहभागीता जनाउँदै आएका छन् । दुई गाउँका स्थानियले मुल्का डाँडामा ध्वजा पतकाले सिंगारिएको बाँसको लिङ्गो प्रतिस्पर्धा गराएका थिए ।

दग्नाम गाउँदेखि माथि शिरमा रहेको डाँडामा निकै रोचक तवरले आयोजित लिङ्गो जुधाइको अबलोकनका लागि गाउँदेखि टाढा तथा प्रवासमा रहेका दग्नामबासी लगायत अन्य छिमेकी गाउँका सर्वसाधारणको समेत बाख्लो उपस्थिति रहेको थियो ।

स्थानिय पुख्यौली गित, नृत्य, पञ्चेवाजाको रमाईलो उत्सवका विच स्थानियले विहान भुमे देवताको पुजा गरेपछी दिउँसो भुमे देवतालाई खुसी बनाउनका लागी लिङ्गो जुधाएको वडा अध्यक्ष गर्बुजाले बताउनुभयो । केही बर्ष अगाडि सम्म दुई गाउँबिच प्रतिष्ठालाई बढवा दिएर लिंगो जुधाउने गरिने भएपनि पछिल्लो समय भने रमाइलो, खुसियाली र भावनात्मक प्रतिस्पर्धाको रुपमा लिङ्खो जुधाउने गरिएको छ ।

जेठा भुमेको रुपमा चिनीने भएकाले दग्नामबासीले हरेक बर्षको जेष्ठ महिनामा बर्षभरिको खेतीबालि राम्रो होस, बाढि, पहिरो, भुक्षय जस्ता प्राकृतिक प्रकोपको सृजना नहोस, स्थानियबासीको सु–स्वास्थ्यको कामना गर्दै पुर्खौदेखी भुमे देवताको पुजा गर्दै आएका छन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...