मालिकामा पालिका स्तरीय बाल प्रतिभा पहिचान कार्यक्रम

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

दरवाङ, ः म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा मंगलबार पालिका स्तरीय बाल प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ ।

मालिका गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको कार्यक्रममा विद्यार्थीहरुको प्रतिभा पहिचानका लागि वार्षिक परिक्षामा उत्कृष्ट हुने विद्यालय र विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

कक्षा १–५ तहको चित्रकला प्रतियोगितामा केवी एकेडेमी पहिलो, किसानी मावि दोस्रो, सिद्ध आधारभूत तेस्रो र जनप्रिय मावि शान्तवना हुदै क्रमश नगद रु. पाँच हजार, तीन हजार पाँच सय, दुई हजार पाँच सय र एक हजार पाँच सय पुरस्कार प्राप्त गरेका छन् ।

Shreekrishna

कक्षा ६–८ तहको वक्तृत्वकला प्रतियोगितामा किसानी मावि पहिलो, सिद्ध आधारभूत दोस्रो, ओखरबोट मावि तेस्रो र जनप्रिय मावि शान्तवना हुदै नगद रु. पाँच हजार, तीन हजार पाँच सय, दुई हजार पाँच सय र एक हजार पाँच सय पुरस्कार प्राप्त गरेका छन् ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

यसैगरी कक्षा ९ र १० तहको हाजिरी जवाफ प्रतियोगितामा जनप्रिय मावि पहिलो, ओखरबोट मावि दोस्रो, भिम मावि तेस्रो र सिद्धार्थ मावि तेस्रो हुदै नगद रु. १५ हजार, १२ हजार, आठ हजार र पाँच हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

शैक्षिक सत्र २०८१ र २०८२ मा कक्षा ५, ८ र १० मा उत्कृष्ट हुने विद्यार्थीलाई नगद पुरस्कार र विद्यालयलाई सम्मान गरिएको छ । शैक्षिक सत्र २०८१ कक्षा ५ मा खवाङ आधारभूत विद्यालय, कक्षा ८ मा भगवती आधारभूत दिच्याम र कक्षा १० मा जनप्रिय मावि तेस्रो भएका थिए ।

शैक्षिक सत्र २०८२ मा कक्षा ५ मा किसानी मावि, कक्षा ८ र १० मा जनप्रिय मावि उत्कृष्ट भएका छन् । कक्षा ५ मा पहिलो विद्यार्थीलाई रु. पाँच हजार, दोस्रोलाई तीन हजार पाँच सय र तेस्रोलाई दुई हजार पाँच सयका दरले पुरस्कृत गरिएको छ ।

कक्षा ८ मा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई क्रमश रु. आठ हजार, छ हजार र पाँच हजारका दरले पुरस्कृत गरिएको छ । कक्षा १०मा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई क्रमश ः रु. नौ हजार, सात हजार र पाँच हजारका दरले पुरस्कृत गरिएको छ ।

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुन, प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र ढकाल र शिक्षा अधिकृत अशोक रिजालले पुरस्कार तथा सम्मान गर्नुभएको थियो । यस्ता कार्यक्रमहरुले विद्यार्थीको प्रतिभा पहिचान र उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई हौसला मिल्ने कार्यक्रममा बताइएको थियो । जनप्रिय माविको ब्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको हो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...