मलिन, राजन, एलिना र बिबिधजंगलाई जेसिजको युवा सम्मान

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । म्याग्दी जेसिजले युवा सम्मान प्रदान गर्ने चार जना व्यक्तित्वहरु छनौट गरेको छ ।
यही जेठ ९ गतेदेखि हुन लागेको जेसिज सप्ताहका अवसरमा उहाँहरुलाई बेनीमा सम्मान प्रदान गरिने म्याग्दी जेसिजले जनाएको छ । यस वर्षको युवा सम्मानका लागि म्याग्दीमा व्यक्तिगत, ब्यवसाय, सामुदायिक सेवा र अन्तराष्ट्रिय क्षेत्र बिधाबाट एक÷एक जनालाई छनौट गरिएको म्याग्दी जेसिज शाखा २०२६ का अध्यक्ष दिनेशकुमार विश्वकर्माले बताउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

व्यक्तिगत बिधामा भलिबल खेलाडी, प्रशिक्षक र रेफ्रि मलिनकुमार रोका, ब्यवसायमा होटल ब्यवसायी राजन लामा, सामुदायिक बिधामा एलिना पुर्जा पुन र अन्तराष्ट्रिय क्षेत्रबाट भलगर बिबिधजंग थापालाई छनौट गरिएको उहाँले जानकारी दिनुभयो ।

१८ देखि ४० वर्ष उमेर समुहका समाजमा सकारात्मक प्रभाव पार्ने, नेतृत्वदायी भूमिका निर्वाह गर्ने तथा आफ्नो क्षेत्र मार्फत म्याग्दी जिल्लाको पहिचान स्थापित गर्न योगदान दिएका युवाहरुलाई सम्मानका लागि छनौट गरिएको म्याग्दी जेसिजले जनाएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...