कोत्रवाङमा सडक बत्ती जडान

Gandaki Ghumau

बेनी, ः म्याग्दीको मङ्गला गाउँपालिका–२ कोत्रवाङका एक दम्पत्तीको सहयोगमा सडक बक्ति जडान भएको छ ।

हालै बिवाह बन्धनमा बाँधिएका कोत्रवाङका प्रकाश खत्री र राधिका धिताल खत्रीले व्यक्तिगत लगानीमा सडक बक्ती जडान गरिदिनुभएको हो । सडक वत्ति जडान भएपछि रातको समयमा उज्यालो हुँदा हिडडुल गर्न सहज, सुरक्षित महशुस र चितुवा लगायत वन्यजन्तुको आवत जावत घटेको कोत्रवाङ टोल सुधार संस्थाका अध्यक्ष पूर्णबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
“नवदम्पत्तीलाई टोल सुधार समिति र स्थानीय बिहानी आमा समूहले सडक वत्तीको आवश्यकता दर्शाएका थियौ,” उहाँले भन्नुभयो “हाम्रो प्रस्ताव स्विकार गरि प्रकाश र राधिकाले १४ वटा ३० वाट र तीन वटा ५० वाट क्षमताको सडक वत्ती, तार लगायतका सबै सामग्री व्यक्तिगत खर्चमा उपलब्ध गराउनुभयो ।”

Gunasthariya Shiksya

मङ्गला गाउँपालिकाले विजुलीको पोल बाहेकका ठाउँमा सडकबत्ती राख्न तीन वटा पोल उपलब्ध गराएको छ । टोल सुधार समितिका अध्यक्ष विश्वकर्माले दुई दिन लगाएर बत्ती जडान गर्नुभएको हो । सिम, कोत्रवाङ, कुहुँ जाने सडक र काफलचौरको झोलुङ्गे पुलसम्म बक्ति जडान गरिएको छ ।

Shreekrishna

रात परेपछि बल्ने र उज्यालोमा निभ्ने स्वचालित सडक बत्ती जडान भएको छ । यसअघि रातको समयमा चितुवा बस्तिमा पस्ने गरेको थियो । झलमल्ल भएपछि चितुवा बस्ति पस्न डराएको र स्थानीयबासी ढुक्क भएका टोल सुधार समितिका अध्यक्ष विकले बताउनुभयो । कोत्रवाङमा २२ घरपरिवारको बसोबास छ ।

प्रकाशका बुवा चित्रबहादुर र दाजु विकास खत्रीले यसअघि कोत्रवाङ हुदै ताराखेत जोड्ने पदमार्ग निर्माण गर्नुभएको थियो । सडक वत्ती र पदमार्गले कोत्रवाङ, तोराखेत, काफलचौर, भाइवाङ, सल्यान, भरजुला, पैयुपाँटा, कुहुँका बासिन्दालाई पनि सहज भएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...