‘हाइप्रोफाइल’ ब्यवसायीले ठेक्का पाएको सडक एक वर्षमा पनि निर्माण सुरु भएन् (भिडियो खबर )

Gandaki Pardesh notice

मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा एक वर्षअघि ठेक्का सम्झौता भएको सडक निर्माण योजना अझै सुरु भएको छैन् ।

खोरीया, लमसुङ र लुलाङका बासिन्दाको बिवादको बाहनामा सिंगो वडालाई गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक निर्माण योजना अलपत्र परिएको हो । पुर्बाधार बिकास कार्यालय म्याग्दीले दरवाङ–बिम–भारबाङ–ताकम–मुना–लुलाङ–गुर्जा सडक आयोजना अन्तरगत महतला भिर क्षेत्रमा सडक निर्माणका लागि २०७६ पुष पहिलो हप्ता ठेक्का लगाएको थियो ।

रु. एक करोड ४९ लाख लागत अनुमान गरिएको योजना काठमाडौको बिएन कन्ट्रक्सनले रु. ७८ लाख ९९ हजार ३१० मा ठेक्का लिएको थियो । २०७७ असार मसान्त सम्म सम्झौताको म्याद भएपनि अहिलेसम्म काम सुरु नहुँदा आयोजना अन्यौलमा परेको हो ।

Shreekrishna hardwear in news

६४९.५ घनमिटर ग्याबीयन पर्खाल लगाउने, एक हजार ५०० मिटर कडा चट्टान काट्ने, ७४ हजार घनमिटर माटो कटिङ गर्ने र दुई वटा सल्याब कल्भर्ट बनाउनुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ ।

बिएन कन्ट्रक्सनका सञ्चालक नारायण जिसीले महतला भन्ने ठाउँमा पुगेको सडक कताबाट खन्ने भन्ने बिवादले काम गर्न नसकेको बताउनुभयो । ‘‘सम्झौता लगत्तै डोजर र प्राबिधिक काम गर्न साइटमा गएका थिए,’’ उहाँले भन्नुभयो ‘‘बिवादित ठाउँमा काम गरेमा डोजर जलाउने, प्राबिधिक र मजदुरलाई आक्रमण गर्ने धम्की आएपछि काम नगरी फर्किन बाध्य भयौ ।’’
बिएन कन्ट्रक्सनका सञ्चालक समेत रहेका निर्माण ब्यवसायिक संघ म्याग्दीका अध्यक्ष जिसी जिल्लाको ‘हाइप्रोफाइल’ ब्यवसायी मानिनुहुन्छ । काम गर्ने वातावरण नभएकाले ठेक्का रद्द गर्न निवेदन दिएको जिसीले बताउनुभयो ।

लुलाङ र लमसुङका बासिन्दाले महतला देखि केही तलबाट दरखोलाको दायाँ किनारबाट सडक खन्नुपर्ने माग गरेका छन् । खोरीयाका बासिन्दाको महतला देखि खोरिया हुदै लमसुङ–लुलाङ हुदै गुर्जातर्फ जाने सडक बनाउनुपर्ने अडान छ । लुलाङका वडा अध्यक्ष गमबहादुर बिश्वकर्माले खोरीयाको सडक घुमाउरो भएकाले महतलाबाट छुट्टै सडक बनाउनुपर्ने जनताको माग रहेको बताउनुभयो ।

‘‘यसअघि महतलाको भिरभन्दा अघिबाट लमसुङ जोड्ने सडक खन्ने सहमति खोरीयाले कार्यान्वयन गर्नुभएन,’’ उहाले भन्नुभयो ‘‘अहिले महतला भन्दा तलबाट सडक खन्न गाउँपालिकाले बजेट बिनियोजन गरेपनि खोरीयाबासीले जग्गा दिन मान्नु भएको छैन् ।’’ वडा अध्यक्ष बिकले ठेकेदारलाई कसैले अबरोध नगरेको र धम्की पनि नदिएको बताउनुभयो ।

महतलामा करिब एक सय मिटर चट्टान छिचोलेपछि खोरीया हुदै लमसुङको सिमानासम्म गाडी गुड्न सक्छन् । भिरमा प्रदेश, खोरीया देखि मरेनी हुदै ढोरपाटनको जलजला तर्फ संघ र महतलादेखि लमसुङ–लुलाङ हुदै गुर्जा तर्फ जाने सडक खन्ने बिकल्पमा छलफल भएपनि सहमति जुट्न नसकेको वडा अध्यक्ष बिश्वकर्मा बताउनुहुन्छ ।

Bhautik ministry notice about road

महतलाको अप्ठ्यारो भिरलाई छाडेर संघीय सरकारको सडक डिभिजन कार्यालय बागलुङले खोरीया हुदै कासम खोला सम्म साढे तीन किलोमिटर भन्दा बढी सडक खनिसकेको छ । खोरीयाबासीले चन्दा संकलन गरेर ढोरपाटन जाने मुल सडकदेखि लमसुङ जोड्ने सहायक सडकको ट्याक पनि खनिसकेका खोरीयाका प्रजित पुर्जाले बताउनुभयो ।

‘‘खोरिया भन्दा अगाडी मरेनी र लमसुङ सम्म सडक पुगेपनि महतलाको भिरमा सडक नबन्दा यातायात सुबिधाबाट बञ्चित भएका छौ,’’ उहाँले भन्नुभयो ‘‘महतलाको भिरमा ट्याक खुल्ने हो भने गाडी चल्ने थियो । आवत जावत र ढुवानीमा सहज हुने थियो ।’’

खोरियाका भबिराज पुर्जा धेरै बजेट आवश्यक पर्ने र लमसुङको नजिकै पहिरो सक्रिय भएकाले अहिलेलाई घुमाउरो भएपनि खोरीयाकै सडक प्रयोग गर्दा उपयुक्त हुने धारणा राख्नुभयो । सडक भएपनि पैदलयात्रा गर्न बाध्य छन् । ढुवानीका लागि भरिया र खच्चरमा निर्भर छन् ।

पुर्बाधार बिकास कार्यालय म्याग्दीका प्रमुख नवराज पौडेलले गाउँपालिका मार्फत बिवाद समाधान गर्न पहल गरेपनि सफल नभएको बताउनुभयो । खोरीयाका बासिन्दाहरुले अस्वभाविक रुपमा घटेर ठेक्का लिएका ठेकेदारले भिरमा सडक खन्दा नाफा नहुने देखिएपछि बिवाद सिर्जना गरि योजनालाई असफल बनाउन चलखेल गरेको आरोप लगाएका छन् ।

“जिसीले भन्दा पछि ठेक्का पाएका सडक डिभिजनका योजनाका ठेकेदारले आएर काम गर्न सक्ने उहाँले नसक्ने ?,” नाम नछाप्ने सर्तमा एक स्थानीयले भन्नुभयो “उहाँले मन्त्री र राजनीतिक दलको आडमा आफूलाई नाफा नहुने भएपछि केही व्यक्तिहरुलाई उचालेर बिवादको बाहनामा ठेक्का रद्द गराउने चलखेल गरेका कारण महतलाको भिरमा सडक नबनेको हो । यसमा पुर्बाधारका केही कर्मचारीहरुले पनि साथ दिएका छन् ।”

महतलामा दुई वर्षअघि सडक पुगेको थियो । बिवाद समाधानका लागि विभिन्न बिकल्पमा छलफलको माध्यमबाट सहमति जुटाउने प्रयास जारी राखेको धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो । ‘‘छोटो सडकको चाहना राख्नु लमसुङ र लुलाङका बासिन्दाको मागलाई पनि अन्यथा मान्नुहुदैन्,’’ भन्नुभयो ‘‘सबैले एउटै सडक प्रयोग गरे मितब्ययी हुने थियो ।’’

पुर्बाधारले अन्यत्र काम गरे गाउँपालिकाले बजेट ब्यवस्था गरेर भिरमा सडक खन्ने उनले बताइन् । पुर्बाधारले चालु आर्थिक वर्षमा महतलामै दुई हजार घनमिटर चट्टान फुटाएर सडक खन्न अर्को ठेक्का सम्झौताको तयारी गरेको छ ।

गाउँपालिकाले लुलाङ हुदै गुर्जा जोड्ने सडक निर्माणका लागि बिनियोजन गरेको रु. चालिस लाख बजेट पनि कार्यान्वयन हुन सकेको छैन् । सडक निर्माणको बिषयमा जनप्रतिनिधि समेत बिभाजित भएका छन् । लुलाङ र लमसुङमा दुई सय बढी तथा खोरीयामा एक सय घरधुरीको बसोबास छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...