मुक्तिधाम माविको तरकारी खेती

Gandaki Ghumau

बेनी ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतिमा रहेको मुक्तिधाम माध्यमिक विद्यालयले तरकारी खेती गरेको छ ।

प्रयोगात्मक अभ्यास, चमेनागृह र छात्रावासका लागि आवश्यक पर्ने तरकारी आपुर्तिका साथै विद्यार्थीमा ब्यवसायिक ज्ञान, सिप हाँसिल गराउन तरकारी खेति गरेको हो ।

मुक्तिधाम माविका प्र.अ. अमर बहादुर केसीले वार्षिक रु. २५ हजार तिर्नेगरी भाडामा लिएको चार रोपनी जमिनमा लगाएको तरकारीले चमेनागृह र छात्रावासको माग धान्नुका साथै बिक्री गरेर विद्यार्थीहरुले खाजा खर्च जुटाउने गरेका बताउनुभयो ।

Shreekrishna

“कक्षा ९ देखि १२ सम्म कृषि प्राविधिक अध्ययन गर्ने ५० जना विद्यार्थीहरुले प्रयोगात्मक अभ्यासका लागि तरकारी खेती गरेर ब्यवहारिक र ब्यवसायिक ज्ञान सिप हाँसिल गर्नुका साथै बिक्री भएको आम्दानीबाट खाजा खर्च जुटाएका छन,” उहाँले भन्नुभयो “चमेनागृह र छात्रावासका लागि आवश्यक तरकारी विद्यालयकै करेसाबारीको उत्पादनले पुगेको छ ।”

Gunasthariya Shiksya

करेसाबारीमा बन्दा, काउली, टमाटर, साग, सिमी, करेला, धिरौला, अकवरे खुर्सानी, काँक्रो, ब्रोकाउली, जुकेनी लगायत मौसमी र बेमौसमी विभिन्न जातका तरकारी खेती हुने गरेको छ । बिरुवाहरु पनि विद्यालयलेनै तयार पार्दै आएको छ । तीन वटा पलास्टिकको टनेल पनि बनाइएको छ । गड्यौलाको प्रयोग गरेर करेसाबारीमा आवश्यक पर्ने प्राङगारिक मल पनि विद्यालय आफैले उत्पादन गरेको कृषि प्राविधिक विषयका सहायक प्रशिक्षक गणेश चोखालले बताउनुभयो ।

“विद्यालयको फोहोर, फालिएका कापी किताब, च्याउ खेतीमा प्रयोग भएको पराल र करेसाबारीको झारपातलाई गड्यौला भएको खाडलमा कुहाएर मल बनाउने गरेका छौ,” उहाँले भन्नुभयो “विद्यालय भवनको एउटा कोठामा काठको मुडामा सिताके जातको च्याउ खेती पनि गरेका छौ ।”

मुक्तीधान माविबाट कृषि प्राविधिक विषयमा एसईई परिक्षा उतिर्ण गरेर कक्षा ११ मा भर्ना हुने तयारी गरेकी रेजिना भण्डारीले करेसाबारीमा काम गर्दा कक्षा कोठामा पढेको विषयबस्तु बुझ्न र सम्झन सजिलो भएको बताउनुभयो ।

वि.स. २००६ मा स्थापना भएको मुक्तिधाम माविले वि.स. २०६५ देखि दश जोड दुई र वि.स. २०७२ देखि कृषि प्राविधिक विषयको पठनपाठन सञ्चालन गरेको हो । हाल तीन सय ५० जना विद्यार्थी रहेका मुक्तिधामले कक्षा ६ देखि ८ सम्म विज्ञान, कम्युटर र गणित विषयलाई अंग्रेजी माध्यमबाट पठनपाठन गराएको छ ।

यस वर्ष बेनी, पोखरा र निजी विद्यालयबाट पनि मुक्तिधाममा अध्ययनका लागि विद्यार्थीहरु आएका प्र.अ. केसीले बताउनुभयो । उक्त विद्यालयमा पछिल्लो पटक संघीय सरकारको सहयोगमा छात्रावास भवन र रघुगङ्गा गाउँपालिकाले सभाहल निर्माण गरेका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...