
बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिकालाई १६ महिनादेखि पाँच वर्षमुनीका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता दिने प्रतिवद्धता सहित मंगलबार एक समारोहका बीच पूर्ण खोप सुनिश्चतता तथा दिगोपना स्थानीय तह घोषणा भएको हो ।
धवलागिरीका स्वास्थ्य शाखाका प्रमुख सम्झना कार्कीले सात वटै वडामा घरधुरी सर्वेक्षण गरी जन्मेदेखि २३ महिना मुनीका एक सय ५७ र १६ देखि पाँच वर्ष मुनीका सबै पाँच सय ३४ जना बालबालिकाले १५ महिनाभित्र पाउनुपर्ने सबै पूर्ण खोप पाएका छन् ।


१६ महिनादेखि १६ वर्षमुनिका बालबालिकाले बीसीजी, रोटा, पोलियो, एफआईपीभी, पीसीभी, डीपीटी, हेप–बी, दादुरा–रुवेला र जापनीज इन्सेफलाइटिस विरुद्धका विभिन्न चरणका खोप समय तालिकाभित्र प्राप्त गरेपछि पूर्ण खोप पाएको मानिन्छ ।
नेपालको संविधानको धारा ३५ र स्थानीय सरकार संञ्चालन ऐन, ०७४ ले नै प्रत्यक बालबालिकालाई पूर्ण खोप पाउनै पर्ने कानुनी ब्यवस्था गरेको र विश्व स्वास्थ्य संगठनको प्रावधान अनुसार पनि वर्षेनि पूर्ण खोप सुनिश्चिता र दिगोपना घोषणा गर्ने गरिएको हो ।
स्थानीय सरकार संचालन ऐन, ०७४ को परिच्छेद ३ मा गाउँपालिका÷नगरपालिकाको काम, कर्तब्य र अधिकार तथा वडा समितिको काम, कर्तब्य र अधिकार भित्र आधारभूत स्वास्थ्य सेवा अन्र्तगत खोप सेवा संञ्चालनको ब्यवस्था गरेको छ ।
गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रेशम पुुनमगर, प्रमुख प्रशासकीय अधिकृत बिष्णुुप्रसाद शर्मा, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुुराठी, जनप्रतिनिधी र स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो । खोप अभियानमा योगदान गर्ने स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वमसेविकाहरुलाई सम्मान गरिएको थियो । स्वास्थ्यकर्मीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

