एजेण्डा बुझाउने नैतिकता नभएकै हो नेतृत्वमा ?

Sinchai Khanipani notice

हरिप्रसाद पौडेल
बेनी, संसद बिघटन विरुद्ध सर्वोच्चमा परेको रिट मा सर्वोच्च ले सर्प पनी मर्ने लौरो पनी नभांचिने निर्णय गर्ने सम्भावना रहेको देखिन्छ । हिउदे संसद वोलाउने समय घर्काउदै राष्ट्रपतिको बौद्धिक खडेरी को फाईदा उठाउँदै अध्यादेश मार्फत राज्य सञ्चालनको तानाशाही अभ्यास गरिनै रहेको समयमा पार्टी भित्रको आन्तरिक किचलोको सिकार संसदलाई गराएर सौताको रिसले… कुन्नि के गर्ने भन्ने उखान लाई चरितार्थ गराएका केपी ओलीको यो कदम सविधान को मर्म र भावना विपरीत छ ।

केपी ओली वाहेक आफ्नो भरथेग हुन नसक्ने भ्रममा बाचेंकाहरू बाहेक कुनैपनि ब्यक्तिले यस कदमलाई समर्थन गर्न नसकिरहेको र केही जत्था यो कदम गलत छ भन्ने जान्दा जान्दै सर्वोत्तम कुनैपनी नरहेकोले जे छ देखाजाला भन्ने आशयले ढुल्मुल नगरेको भन्ने भावना अदालतले बुझ्न सक्दैन भन्ने लाग्दैन । संविधानमा आफ्नो अवसान को कल्पना गरिएको छैन, अदालतले संविधानको ब्याख्या गर्दा संविधान लाई कोमामा धकेल्ने गरी गलत ब्याख्या गर्दैन र यो संविधान को भावना पनी होईन् ।

Bhautik ministry notice about road

अदालत कहिले काँही विवादित वन्न सक्छ, अदालतको आदेश ले संविधान बचाउने की आफू पनि सकिने भन्ने अवस्था आउनसक्ने तर्फ सचेत हुनैपर्छ । यो मुद्दा पुर्णतया कानूनी होईन र पुर्णतया राजनीतिक पनि होईन । पुर्ण कानुनी बाटो बाट हेर्दा जनताबाट अनुमोदन नहुने र पुर्ण राजनीतिक बाटो बाट हेर्दा संविधान मात्र नभै अदालत पनि कोमामा पुग्ने सम्भावना छ ।

Shreekrishna hardwear in news

राजनीतिक परिघटनाहरु तत्कालिन परिस्थितिमा आधारित हुने गर्दछन् नेपालको राजनीति यसको उदाहरण र सिकार दुवै हो । राणा शासनको विरुद्धमा गरिएको २००७ को आन्दोलन होस या २०१७, २०४७, २०६२ र ०६३ । यी सवै निश्चित परिवेशमा भएका थिय र सिकार पनि । पछिल्लो घटना पछी खासगरी नेपाल–दहाल नेकपा र नेपाली कांग्रेस ले लिने स्ट्याण्डले अबको बाटो तय गर्ने निश्चित प्रायः छ । तथापि सडकमा त्यस्तो जवरजस्त स्ट्याण्ड आउन सकेको देखिदैन् । नागरिकलाई एजेण्डा बुझाउन सडक असफल बन्ने आधार तयार भैरहेको देखिन्छ। नेकपा का कार्यकर्ता नत हिजो जुट्दा अपनत्व र जस लिन तयार थिए न त आज फुट्दा अपजसको भारी बोक्न तयार छन्, नेता एजेण्डा बिहिन वनेर ब्यक्तिगत चरित्रको हुर्मत लिन तछाडमछाड गरिरहेका छन् ।

यस अवस्थामा नेपाली कांग्रेस ले एजेण्डा मतदाता सम्म पु¥याउन सकेमा कांग्रेस ले एकपटक जस लिन सक्ने अवस्था रहदारहदै कांग्रेस नेतृत्व यसवाट च्यूत भैरहेको छ । आफुलाई खाटी प्रजातान्त्रिक मान्ने कांग्रेस ले अदालतको निर्णय पर्खने र अदालतको निर्णय को सम्मान गर्ने भन्दै आफ्नो ढुलमुले र सत्ता स्वार्थ को लागि मात्र लाग्ने चरित्र प्रदर्शन गरेको छ । यदि केपी कदम गलत हो भनेर निर्णय गरेको हो भने अलालतले अन्यथा आदेश गरेमा सडकको सहारा लिने निर्णय गरेर जान सक्नुपर्छ होईन भने सडकमा झुल्केर अदालतको आदेश को पालना गर्छौ भन्नु स्वार्थ बाहेक केही होइन ।
अदालतको आदेशपछि केपी संग चुनावी सरकार वनाउन पाउने अथवा केपी सरकार वरखास्तीमा परेपछी समेत दहाल–नेपाल संग मिलेर वाकी २ वर्ष सरकारमा जान पाईने भनेर नेपाली कांग्रेस नेतृत्व ढुकेर बसेको छ । नागरिक को भावना समेटिएको निर्णय गर्न कांग्रेस चुक्यो भने आउने राजनीतिक अवसर समेत गुमाउनेछ । नेतृत्व देखि कार्यकर्ता सम्म कति जडसुत्रवादी छौं भन्ने केहि दिनका सडक कार्यक्रम हेरे पुग्छ हामी कोहि सच्चिन तयारै छैनौं । राम्रो को खुलेर प्रशंसा र गलतको खुलेरै बिरोध गर्ने नैतिकता हामिले राखेनौं । केपी को तानाशाही अभ्यास, देउवाको सत्ता लोलुपता र दहाल(नेपालको अल्पदृष्टिकोण सवै देशको लागी घातक छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...