मुनामा विभिन्न क्षेत्रमा योगदान गरेका १९ जना व्यक्तित्वहरुलाई सम्मान

Gandaki Ghumau

बेनी,। म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा विभिन्न क्षेत्रमा योगदान गरेका १९ जना व्यक्तित्वहरुलाई सोमबार सम्मान गरिएको छ ।

गाउँपालिकाको केन्द्र मुनामा ३ नम्बर वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा सामाजिक योगदान गरेका, टोलविकास समिति, क्लवका अध्यक्ष र दिर्घकालिन सेवा गरेकाहरुलाई दोसल्ला ओढाउनुका साथै प्रशंसापत्र प्रदान गरेर सम्मान गरिएको हो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर, प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्मा, वडा अध्यक्ष देवेन्द्र रोका, वडा सचिव तिलकशंकर पौडेल लगायतले सम्मान गर्नुभएको थियो ।

Gunasthariya Shiksya

पनेरबोटमा धारा निर्माण गर्नुभएका राजबहादुर रोका, लामाखेत सिमरबोट छेरछेरो धारा निर्माण गरेको मुना अस्ट्रेलीया समाज, सोलवाङ डाडामा धारा बनाएका जोखे, रामबहादुर, पर्मलाल, गणेश र ठहरबहादुर भण्डारी, दुर्गादेवी मन्दिर बनाएका नन्दबहादुर रोका, २०५२ देखि २०८२ सम्म धनजनता माविमा विद्यालय कर्मचारीको रुपमा काम गरेका चित्रबहादुर भण्डारी, २०५२ देखि २०८१ सम्म मुना स्वास्थ्य चौकीमा सेवा गरेका सर्कबहादुर रोका, धवलागिरी माविका शिक्षक मनबहादुर पुन, धनजनता माविका प्रअ पूर्णबहादुर भण्डारीलाई सामाजिक योगदान गरेका व्यक्तिहरुको रुपमा सम्मान गरिएको हो ।

Shreekrishna

टोलविकास समितिका अध्यक्षहरु कृष्णबहादुर रोका, जितबहादुर भण्डारी र पारस बुढा तथा क्लव अध्यक्षहरु रोशन भण्डारी, बलबहादुर गर्बुजा र महेन्द्र शेरपुञ्जा सम्मानित हुनुभएको छ । दिर्घकालिन समाजसेवा शिर्षकमा मेघबहादुर शेरपुञ्जा, ओमदेवी पाइजा, मनप्रसाद पुन, खिममाया पुन र मैना मल्ल रहनुभएको छ । सामाजिक क्षेत्रमा योगदान गरेका ब्यक्तित्वहरुको प्रोत्साहन र हौसलाका लागि सम्मान गरिएको वडा अध्यक्ष रोकाले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...