प्रदेश स्तरीय महिला भलिबलमा म्याग्दी बिजयी

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

दमौली, । जिल्ला खेलकुद विकास समिति तनहुँले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगिताको महिलातर्फ म्याग्दी च्याम्पीयन बनेको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

दमौलीमा आइतबार भएको फाइनलमा कास्कीलाई ३–१ सेटले पराजित गर्दै म्याग्दी बिजयी भएको हो । यसैगरी तनहुँलाई पराजित गर्दै पर्वत तेस्रो बनेको छ । म्याग्दीका रिक्जना बोटे उत्कृष्ट खेलाडी, सोनी फगामी ब्लकर, रेबिना घर्तिमगर सेटर र मलिनकुमार रोकाले उत्कृष्ट टिम प्रशिक्षकको उपाधी पाउनुभयो ।

पुरुषतर्फ पर्वतलाई ३–१ सेटले पराजित गर्दै तनहुँ बिजयी भएको छ । गोरखालाई ३–१ सेटमा पराजित गरेको नवलपुर तेस्रो भएको छ । उपाधीसँगै दुवै टिमका प्रथम, दोस्रो र तेस्रो हुनेले ट्रफी, मेडल र प्रमाणपत्र सहित क्रमश नगद रु. ३० हजार, रु. २० हजार र १५ हजार पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा पुरुषतर्फ मनाङ बाहेक १० र महिलातर्फ ११ वटै जिल्लाको सहभागिता थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...