मुदीमा ६६ औ धौलागिरि आरोहण दिवस मनाइदै

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी। म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरी हिमालको आरोहण दिवस म्याग्दीमा मनाइने भएको छ ।

संसारका सातौँ अग्लो धौलागिरि हिमालमा पहिलोपटक मानव पाइला पुगेको दिनको अवसरमा मुदी गाउँमा ‘धौलागिरि आरोहण दिवस’ मनाउन लागिएको हो । यही वैशाख ३० गते धौलागिरि हिमालमा पहिलोपटक मानव पाइला पुगेको ६६ वर्ष पूरा हुँदैछ ।

सन् १९६० मे १३ मा स्विस–अस्ट्रियन संयुक्त आरोहण दलका म्याक्स आइसेलिनको नेतृत्वमा गएका दुई नेपालीसहित सात जना आरोहीले धवलागिरि हिमालको सफल आरोहण गरेका थिए । सोही दिनको सम्झनामा हरेक वर्ष मे १३ तारिखमा धौलागिरि आरोहण दिवस मनाउने गरिएको छ ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

ट्रेकिङ ऐजिन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको आयोजना, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन र धौलागिरि गाउँपालिकाको समन्वयमा उक्त दिवस मनाउन लागिएको हो ।

विगतका बर्षहरुमा पोखरा लगायतका स्थानमा धौलागिरी आरोहण दिवस मनाउने गरिएकोमा यस पटक गाउँपालिकाको समन्वय र पर्यटन क्षेत्रमा क्रियाशिल टान गण्डकीको आयोजनामा मुदी गाउँमै दिवस मनाउन लागिएको धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार, हिमाल अवस्थित रहेकै वडामा दिवस मनाउँदा यसले धौलागिरीको महत्वलाई फैलाउन र धौलागिरी पदमार्गको प्रचार प्रसारमा समेत सघाउ पुग्ने विश्वास गरिएको छ । गत वर्ष पोखरामा ‘धौलागिरि पदयात्रा, समस्या, चुनौती र समाधान’ विषयक अन्तक्र्रियासहित सो दिवस मनाइएकामा यसपटक धौलागिरी हिमाल अवस्थित रहेकै स्थान मुदी गाउँमा यो दिवस मनाइन लागिएको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।

“६६औँ धौलागिरि आरोहण दिवससहित धौलागिरि गाउँपालिकाका पर्यटकीय गन्तव्य तथा पदमार्ग प्रवद्र्धन कार्यक्रम एकैसाथ गर्दैछौँ”, उहाँले भन्नुभयो, “दिवसको औपचारिक समारोहमा धवलागिरि हिमाल आरोहण गरेका आरोहीलाई सम्मान गरिनेछ ।”

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...