बेनी नगरपालिकालाई पूर्ण खोप घोषणा

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः बेनी नगरपालिकालाई १६ महिनादेखि पाँच वर्षमुनीका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।

खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता दिने प्रतिवद्धता सहित शुक्रबार एक समारोहका बीच पूर्ण खोप सुनिश्चतता तथा दिगोपना स्थानीय तह घोषणा भएको हो ।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष समेत रहेकी जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री लगायत सरोकारवालाहरुको उपस्थितिमा नगर उपप्रमुख ज्योती लामिछानेले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिन् ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अनमी लिलाकुमारी गौतमले १० वटै वडामा घरधुरी सर्वेक्षण गरी जन्मेदेखि २३ महिना मुनीका तीन सय एक र १६ देखि पाँच वर्ष मुनीका सबै एक हजार ७३ जना बालबालिकाले १५ महिनाभित्र पाउनुपर्ने सबै पूर्ण खोप पाएका छन् ।

म्याग्दीलाई ०७१ चैत १५ गते नेपालकै छैठौं पूर्णखोप सुनिश्चित जिल्ला घोषणा देखि वर्षेनि पूर्णखोप सुनिश्चिता र दिगोपाना स्थानीय तह तथा जिल्ला घोषणा हुँदै आएको छ । १६ महिनादेखि १६ वर्षमुनिका बालबालिकाले बीसीजी, रोटा, पोलियो, एफआईपीभी, पीसीभी, डीपीटी, हेप–बी, दादुरा–रुवेला र जापनीज इन्सेफलाइटिस विरुद्धका विभिन्न चरणका खोप समय तालिकाभित्र प्राप्त गरेपछि पूर्ण खोप पाएको मानिन्छ ।

नेपालको संविधानको धारा ३५ र स्थानीय सरकार संञ्चालन ऐन, ०७४ ले नै प्रत्यक बालबालिकालाई पूर्ण खोप पाउनै पर्ने कानुनी ब्यवस्था गरेको र विश्व स्वास्थ्य संगठनको प्रावधान अनुसार पनि वर्षेनि पूर्ण खोप सुनिश्चिता र दिगोपना घोषणा गर्ने गरिएको जिल्ला खोप समन्वय समितिका अध्यक्ष खत्रीले बताउनुभयो ।

स्थानीय सरकार संचालन ऐन, ०७४ को परिच्छेद ३ मा गाउँपालिका÷नगरपालिकाको काम, कर्तब्य र अधिकार तथा वडा समितिको काम, कर्तब्य र अधिकार भित्र आधारभूत स्वास्थ्य सेवा अन्र्तगत खोप सेवा संञ्चालनको ब्यवस्था गरेको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...