दरखोला जलविद्युत आयोजनामा लगानी जुट्यो

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः धवलागिरी गाउँपालिकामा निर्माण हुन लागेको छ दशमलब पाँच मेगावाट क्षमताको दरखोला जलविद्युत आयोजनाका लागि लगानीको स्रोत जुटेको छ ।

दरखोला हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको रु. एक अर्ब ३० करोड लागत अनुमान गरिएको आयोजनामा एनएमबी बैंकले लगानी गर्ने टुङ्गो लागेको हो । बैंकको ७० प्रतिशत अर्थात रु. ९१ करोड र आन्तरिक स्वपुँजी रु. ३९ करोड रहने गरि वित्तीय स्रोत ब्यवस्थापन सम्झौता भएको दरखोला हाइड्रोपावरका अध्यक्ष रेशम भण्डारीले जानकारी दिनुभयो ।

धवलागिरी गाउँपालिका–३ मुनाको कुनौटामा प्रस्तावित बाँधका साथै सोलवाङ स्थित म्याग्दी र दरखोलाको दोभानमा निर्माण हुने विद्युतगृहसम्म पहुँचमार्ग पु¥याइएको छ । कुनौटो देखि विद्युतगृह तर्फ पेनस्टक पाइप राख्ने ठाउँ बनाउन सडक निर्माण र विस्तारको काम भैरहेको छ ।
विद्युतगृहसम्म पानी लैजान चार किलोमिटर पाँच सय मिटर लामो पेनस्टक पाइपलाइन जडान गरिने अध्यक्ष भण्डारीले बताउनुभयो । कुनौटामा ३० मिटर लामो बालुवा थिग्राउने पोखरी डिसेण्डर निर्माण हुनेछ् ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

पाँच सय ४८ मिटर उचाईबाट विद्युतगृहमा पानी खसालेर उत्पादन गरिने विद्युत सात किलोमिटर लामो प्रशारण लाइन बनाएर डाडाखेत सबस्टेशनमा लगेर राष्ट्रिय प्रशारण प्रणालीमा आवद्ध गराउने योजना छ ।

सम्भाव्यता अध्ययन, प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन, विद्युत खरिद बिक्री सम्झौता, जग्गा खरिद र बित्तीय स्रोत व्यवस्थापनको काम सकिएको आयोजनाका प्रमुख उपेन्द्र घिमिरेले बताउनुभयो । रन अफ द रिभर (नदी प्रवाहमा आधारित) प्रकृतिको यस आयोजनाले सिभिल, हाइड्रोमेकानिलक र इलेक्ट्रोमेकानिल ठेकेदार छनौटको अन्तिम चरणमा रहेको छ ।

नेपाल विद्युत प्राधिकरणसँग वि.स. २०८० मा विद्युत खरिद बिक्री सम्झौता भएको थियो । सम्झौता अनुसार हिउँदमा प्रतियुनिट रु. ८.४० र बर्खामा प्रतियुनिट रु. ४.८० का दरले विद्युत खरिद बिक्री हुनेछ् । वि.स. २०८४ चैत महिनासम्म विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...