यसकारण प्रतिनिधिसभा पुनःस्थापना

Sinchai Khanipani notice

रेशम जुग्जाली
प्रधानमन्त्री केपी शर्मा ओलीले असंबैधानिक तबरले प्रतिनिधिसभा बिघटन गरेपछि नेपालमा प्रजातन्त्र र गणतन्त्रका लागि बिडम्बनापूर्ण स्थिति पैदा भएको छ । त्यसमाथि कम्युनिष्ट आन्दोलनका लागि दुखद स्थिति पनि हो । ओलीको नेतृत्वमा सरकार गठन भएर अगाडी बढ्दै गर्दा हामीमात्र नभएर कार्यकर्ता र नेपाली जनता पनि सन्तुष्ट थिएनन् । हामीले धैर्यता गरिराखेका थियौ । सरकार र नेतृत्वलाई घचघचाउदा, आलोचना गर्दा, निश्चय पनि पाँच वर्षको अवधिमा नेतृत्व सच्चिने छ भन्ने अपेक्षा थियो । नेपाली जनता र देशको पक्षमा निर्णयहरु गर्नेछ भन्ने लागेको थियो । हाम्रो प्रधानमन्त्रीले यदी मलाई हटाउनुहुन्छ भने, घेराबन्दी भयो भने म मात्र होइन यो कुर्चिनै भाँचिदिन्छु भन्ने अभिव्यक्ति दिने गर्नुहुन्थ्यो । पार्टी कमिटिको बैठकमा नजाने, अरुको कुरा, सल्लाह सुझाव नमान्ने प्रवृति देखाउनुभएको थियो । नभन्दै आज उहाँले आफु बस्ने कुर्चि मात्र नभएर नेपालको लोकतन्त्र र प्रजातन्त्रको धज्जी उडाउनुभएको छ । त्यो सँग सँगै हिजो राजा महाराजाहरुले जस्तै प्रजातन्त्रलाई हस्तक्षेप गर्नुभएको छ । कम्युनिष्ट पार्टीका नेता, हिजो हाम्रै पार्टिका अध्यक्षबाट यस्तो जनबिरोधी काम भएको छ । यस कारणले आज हामी बाध्यतापुर्बक बिरोध गर्न सडकमा आउनुपरेको हो ।

हिजो सम्म किन चुप बसेको ? र आज किन सडकमा आयौ ? भन्ने प्रश्न उठिरहेको छ । हामीले पार्टीको फोरमहरुमा आफ्ना मत राखेर सरकार र नेतृत्वलाई सचेत बनाइरहेका थियौ । यो तरिका ठिक भएन भनेर आवाज उठाइरहेका थियौ । यो तरीकाले नेपालको कम्युनिष्ट आन्दोलन अगाडी जान सक्दैन् भनेका थियौ । नेपाली जनताले प्रजातन्त्र, लोकतन्त्रको लागि गरेको ठूलो त्याग र तपस्याबाट प्राप्त भएको उपलब्धिलाई कुठाराघात गर्ने काम प्रधानमन्त्रीबाट भएको छ । संबिधानले परिकल्पनानै नगरेको प्रतिनिधिसभा बिघटन गरेर रक्षकबाटै संबिधानको पालना भएको छैन् ।

अहिलेको एउटै मात्र एजेण्डा हो संसदको पुनस्थापना । जनताबाट निर्बाचित प्रतिनिधिसभा पुनस्थापना भयो भने मात्र नेपालको लोकतन्त्र, संघीयता, समावेशीता र गणतन्त्र बच्नेछ । नागरिकले निर्धक्क भएर आफ्नो पेशा ब्यवसाय गर्न पाउँछन् । शान्ति सुरक्षा, शुसासन, बिकास र सम्बृद्धी हुन बिधिको शासन स्थापित हुनै पर्छ । त्यसकारणले सम्पूर्ण नेता, कार्यकर्ता, राजनीतिक दल र नागरिकहरुको एउटै मात्र उद्देश्य संसद पुनस्थापनानै हुनुपर्छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

हिजो नेपाली काँग्रेसले प्रर्दशन गरेको देख्यौ । काँग्रेसका कतिपय नेताहरुले ओलीले बैशाखमा चुनाव गराउलान र हामीले निर्वाचन जितेर फेरी सत्तामा आउला भन्ने सोचेर बस्नुभएको छ भने तपाइहरुको यो कल्पना सपना बाहेक केही हुने छैन् । सरकारसँग चुनाव गराउन सक्ने क्षमता र नियतनै छैन । यो चुनाव गराउनलाई घोषणा गरिएकै होइन् । चुनावको नाटक रचेर जनतालाई भ्रममा पारि देशमा संकटकाल लगाएर तानाशाह बन्न खोजिदैछ् । बैशाखमा कुनै पनि हालतमा चुनाव हुनेवाला छैन् । अहिले सरकार आफ्नै कर्मचारीलाई समेत तलब खुवाउन नसक्ने अवस्थामा छ । यस्तो अवस्थामा कसरी अरबौ लाग्ने चुनाव गराउन सक्छ ? कोरोना महामारीबाट सक्रमित नेपाली नागरिकको सामान्य उपचार गराउन समेत नसक्ने अवस्थामा नेपाल सरकार पुगिसकेको छ । यस्तो अवस्थामा अरबौ खर्च गरेर चुनाव गराउन सम्भवनै छैन् ।
तीन वर्षअघि भएको प्रदेश र प्रतिनिधिसभा चुनावका क्रममा जनतासँग गरिएको प्रतिवद्धता अनुसार तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेको थियो । आज पुर्व र पश्चिमको भ्रम फैलाइदैछ । पुर्वको पुर्वतिर पश्चिमको पश्चिमतिर भनिएको छ । यो भ्रममा पर्नु जरुरी छैन् । अहिले बहस चलेको र बिवाद भएको नेकपा भित्र हो । एउटै सर्त यो प्रतिगमनको बिरुद्ध हामी सबै एकजुट हुनुपर्छ । संसद पुनस्थापना भयो भने मात्र नेपाल बच्न सक्छ । गणतन्त्र, संघीयता बच्न सक्छ । अहिले जे जति हर्कत भएका छन् यसको बिरुद्ध सम्पुर्ण सचेत नागरिक, राजनीति कर्मी, सबै तह र तप्काका नागरिकले आवाज उठाउन पर्छ । संयमतापुर्वक सहकार्य गरेर अघि बढ्न आवश्यक छ ।

प्रधानमन्त्री नजिकका साथिहरुले पेरिसडाडा र धुम्बाराहीमा आगो लगाउने भनेको सुन्दैछौ । कतिपय साथीहरुले प्रतिगमनको बिरुद्ध हस्ताक्षर गर्नेहरुको टाउको फुटाउने धम्की दिएको कुरा पनि हामीले सुनेका छौ । तर हामी जिम्मेवारीपुर्वक संयम भएर असंबैधानिक प्रतिगामी गतिबिधिको बिरुद्ध निरन्तर आवाज उठाउछौ । आन्दोलन गर्छौ । नेपालमा कम्युनिष्ट पार्टी बिभाजन भएका असाध्यै दुखद घटनाहरु भोगिसकेका छौ । राजनीतिक हिसाबले बहस गरौ । भावनामा होइन् । व्यक्तिबादी हिसाबले होइन् । अहिले संसद पुनस्थापना भएन भने संबिधान र अहिलेसम्मका आन्दोलनबाट भएका सबै राजनीतिक उपलब्धि गुम्नेछन् ।

नेकपा म्याग्दीको प्रचण्ड–नेपाल समूहले मंगलबार बेनीमा आयोजना गरेको बिरोधसभामा सो पार्टीका जिल्ला कार्यालय सदस्य जुग्जालीले व्यक्त गरेका भनाइको सम्पादीत अंश ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...