
बेनी । रघुगंगा गाउँपालिका–३ पिप्लेमा बिहिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम वडा अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले शेरबहादुर शाही (रामुु)को अध्यक्षतामा वडा कमिटि गठन गरेको छ । उपसभापतिमा जुुना केसी भण्डारी, सचिवमा गणेश भण्डारी, सहसचिवमा पुष्पताकुमारी सिंह रहनुभएको रास्वपा म्याग्दीका नेता टिका कार्कीले जानकारी दिनुभयो ।

इन्द्रबहादुुर किसान, शारदा मल्ल, देउबहादुर भण्डारी, रेखा रकाल र कोपिलाकुुमारी मल्ल शाही सदस्यमा चयन हुुनुभएको छ । संगठन विभाग प्रमुखमा सुमन शाही, उपप्रमुखमा गोपाल मल्ल, सदस्यहरुमा दुुर्गा शाही र कुुविर शाही रहनुभएको छ ।

भलप्रसाद कार्कीको नेतृत्वमा गठन भएको सिध्र प्रतिकार्य समूहका उपप्रमुखमा मीनबहादुर शाही र सदस्यमा सोमबहादुर परियार रहनुुभएको छ । रास्वपा म्याग्दीका सभापति युुवराज रोका लगायतका नेताहरुको उपस्थितिमा अधिवेशन भएको थियो ।
नेताहरुले रास्वपा नेतृत्वको करिब दुई तिहाई बहुुमतको वर्तमान सरकारले जनमतको सम्मान हुुने र परिवर्तनको महशुुस दिलाउने गरि काम गर्ने बताउनुभएको थियो ।

