धवलागिरी माविका विद्यार्थी र अभिभावकलाई हाते ट्याक्टर मर्मत तालिम सम्पन्न

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

सिंगा, ः बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थी र अभिभावकलाई हाते ट्याक्ट्र मर्मत सम्बन्धी सिप प्रदान गरिएको छ ।
बेनी नगरपालिकाको ‘हामी सक्छाँै, हामी गर्छौं’ कार्यक्रममार्फत धौलागिरि माविले विद्यार्थी र अभिभावकलाई व्यावसायिक सीप सिकाउन खेतबारी खनजोतमा प्रयोग हुने हाते ट्याक्टर मर्मत सम्बन्धि तालिम सञ्चालन भएको हो ।
गत चैत तेस्रो सातादेखि शुरु भएको तालिमको बिहिबार समापन गरिएको हो । २५ दिनसम्म सञ्चालन भएको तालिममा १७ जना कक्षा ८, ९ र १० का विद्यार्थी, आठ जना अभिभावक तथा अन्य विद्यालयका विद्यार्थी सहभागी भएका थिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले खेतबारी खनजोतमा गोरुको विकल्पमा प्रयोग भइरहेको हाते ट्याक्टरमा समस्या आउँदा मर्मत गर्ने जनशक्ति गाउँघरमै तयार पार्न परिक्षापछिको फुर्सदको समयमा तालिम दिएको बताउनुभयो ।
सिप सिकेपछि विद्यार्थीहरुलाई दैनिक जिवनका साथै पेशा, ब्यवसाय गर्न प्रेरित गर्न सहयोग पुग्ने बताइएको छ । बेनी नगरपालिकाले रु. एक लाख बजेट उपलब्ध गराएको उक्त तालिमका लागि अपुुग रकम गौमती खत्री विकास कोषबाट रु. ५२ हजार सात सय २५ उपलब्ध गराइएको छ ।
यसअघि विद्यार्थीहरुलाई च्याउ खेती, अतिथि सत्कार, रंगरोगन र मुढा बुन्ने तालिम दिइएको सहायक प्रअ उमा कडेलले बताउनुभयो । विद्यार्थी बाहेक अभिभावक र अन्य विद्यालयका विद्यार्थीहरुले पनि सिप सिक्ने चाहना राखेपछि सहयोग गरिएको गौमती खत्री विकास कोषका अध्यक्ष केन खत्रीले बताउनुभयो ।
बेनी नगरपालिकाकाले विद्यार्थी र शिक्षालाई सीप र श्रमसँग जोड्न १४ वटा विद्यालयका माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमै सीप सिकाउन ‘हामी सक्छाँै, हामी गर्छौं’ कार्यक्रम सञ्चालन गरेको छ ।
‘हाउस वायरिङ’, ‘प्लम्बिङ,’ कपाल काट्ने, अतिथि सत्कार, खाना पकाउने, प्रेसर कुकर बनाउनेलगायत सीपमूलक तालिम सञ्चालन गर्न नगरपालिकाले प्रति विद्यालय रु. एक लाखका दरले बजेट उपलब्ध गराएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...