म्याग्दी कोरिडोर विद्युत प्रसारण लाइन आयोजना निर्माणको तयारी

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

नाउरा, । १३२ के.भी. क्षमताको म्याग्दी कोरिडोर विद्युत प्रशारण लाइन आयोजना निर्माणको तयारी भएको छ ।

धवलागिरी र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधिन तीन वटा जलविद्युत आयोजनाले उत्पादन गर्ने विद्युतलाई राष्ट्रिय प्रणालीमा जोड्न संयुक्त रुपमा ‘डबल’ र ‘मल्टी’ सर्किट प्रशारण लाइन बनाउन थालेका हुन् ।

धवलागिरी गाउँपालिका–४ जेल्तुङ देखि वडा नं. ३, ७ हुुदै मालिका गाउँपालिका–७ मा रहेको नेपाल विद्यूत प्राधिकरणको डाडाखेत सवस्टेशन जोड्ने १६ दशमलब ४८ किलोमिटर लामो प्रशारण लाइन निर्माण हुन लागेको बिहिबार नाउरामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा जानकारी गराइएको हो ।

Shreekrishna

प्रारम्भिक वातावरणीय परीक्षणका लागि प्रभावितको सुझाव संकलन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा परामर्शदाता इन्भारोमेन्टल पार्टनर्स प्रा.ली.का सञ्चालक शंकर बस्यालले यस आयोजनाबाट तीन वटा आयोजनाबाट उत्पादन हुने एक सय ६४ दशमलब ७५ मेगावाट विद्युत राष्ट्रिय प्रशारणमा जोडिने मस्यौदा प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

६५ मेगावाट क्षमताको म्याग्दीखोला, ४६.२५ मेगावाटको माथिल्लो म्याग्दी र ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युुत आयोजनाले साझेदारी गरेर बनाउन लागेको आयोजनाको ५७ वटा टावर निर्माण हुुनेछन् ।

कुुल रु. ४२ करोड ६२ लाख लागत अनुुमान गरिएको आयोजना निर्माणका लागि आठ दशमलब ४० हेक्टर निजी र २१ दशमलब ९९ हेक्टर राष्ट्रिय वनको जग्गा प्रयोग हुने प्रतिवेदनको मस्यौदामा उल्लेख छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

सार्वजनिक वन प्रयोग गरेवापत सरकारलाई जग्गा सट्टाभर्ना गरिने, टावर रहने निजी जग्गा खरिद तथा प्रशारण लाइनको क्षेत्राधिकारमा पर्ने जग्गाका धनीहरुलाई क्षतिपूर्ति उपलब्ध गराइने आयोजनाले जनाएको छ ।

आयोजना निर्माणका क्रममा हुुन सक्ने वातावरणीय प्रभाव न्युनीकरणका लागि रु. ४१ लाख ७५ हजार र सामाजिक सहयोग कार्यक्रमका लागि रु. २१ लाख ३१ हजार रकम प्रस्ताव गरिएको छ ।

प्रभावित क्षेत्रका बासिन्दाको सुुझाव समेटेर वातावरणीय परीक्षण प्रतिवेदन पारित भएपछि निर्माण शुुरु हुुने प्रशारण लाइन आयोजना आठ महिनामा सम्पन्न गरिने म्याग्दीखोला जलविद्युत आयोजनाका प्रमुख उत्तम पौडेलले बताउनुभयो ।

धवलागिरी गाउँपालिका–४ का वडा अध्यक्ष यामप्रसाद घर्तिको अध्यक्षतामा भएको कार्यक्रममा मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा लगायतले वातावरणीय र सामुुदायीक हिसाबले कम क्षति हुने गरि आयोजना बनाउन सुझाव दिनुभयो ।
माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको प्रर्वद्धक हाइड्रो इम्पाएरका सञ्चालक पूूर्णबहादुर पुनले प्रभावित क्षेत्रका बासिन्दाहरुको सुझाव अनुुसारनै आयोजना अघि बढ्ने, स्थानीय सरकारसँगको समन्वयमा वातावरणीय प्रभाव न्यूूनीकरण र सामुुुदायिक सहयोग कार्यक्रमको बजेट परिचालन हुुने बताउनुभयो ।

डिभिजन वन कार्यालयका वन अधिकृत चन्द्रमणी सापकोटाले सरकारी निकायको अनुुमतिमा निर्माण हुुन लागेको आयोजनाका गतिबिधीहरुलाई पनि नियमित अनुुगमन र निगरानी तथा नियमन गरिने बताउनुभयो ।

वि.स. २०८१ असोज ६ गते सर्वेक्षण अनुुमति प्राप्त भएको म्याग्दी कोरिडोर प्रशारण लाइन आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षणको कार्यसूची उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयबाट वि.स. २०८१ चैत १२ गते स्विकृत भएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...